झापा-झापाको तीनवटा पालिका मेचीनगर, कनकाई र झापामा नेकपा (माओवादी केन्द्र)को नेतृत्व चयन भएको छ । मेचीनगर र कनकाई नगर कमिटीको अध्यक्षमा राजन चिमरिया र यामनाथ सेढाईँ सर्वसम्मत चयन हुनुभएको छ भने झापा गाउँपालिकाको अध्यक्षमा रुद्र बजगाईँ चयन भएका छन् ।

पार्टीले शनिबार देशैभर नगर तथा गाउँपालिकास्तरीय अधिवेशन आयोजना गरेको थियो । जिल्लाका १५ पालिकामध्ये दुई नगर र एक गाउँपालिकामा नयाँ नेतृत्व चयन भइसकेको र अरु पालिकामा अधिवेशन उद्घाटन भएता पनि नेतृत्व चयन हुन बाँकी रहेको पार्टीका जिल्ला सचिवालय सदस्य माधव अर्यालले जानकारी दिए ।