विराटनगर- प्रदेश १ का पूर्वमुख्यमन्त्री तथा नेकपा एमाले नेता भीम आचार्यलाई कोरोना संक्रमण भएको छ । ज्वरो आएपछि चेकजाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।

आचार्यलाई कोरोना देखेपछि पूर्वका प्रतिनिधि, उम्मेदवार चिन्तित बनेका छन् । महाधिवेशनका बेला खटिनुपर्नेमा बिरामी परेपछि महाधिवेशन प्रतिनिधि चिन्तित बनेका हुन् ।