विराटनगर-नेपाली जुट उद्योगबाट तयारी बस्तु भारत निकासी हुदा भारतले लगाउदै आएको चार प्रतिशत एन्टि डम्पिङ शुल्क खारेजीका लागि आफुले कोशीस गर्ने पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बताएका छन । उनले एन्टि डम्पिङ शुल्क खारेज हुनुपर्ने बताउदै प्रधानमन्त्रीहुदा पहल गरेको तर त्यतिबेला खारेज गराउन नसकिएपनि आफुले त्यसको खारेजीका लागि अन्य माध्यमबाट पहल गर्ने बताएका हुन । भारतले सीभीडी वापदको नेपाली उद्योगीको २० करोड रुपैया समेत फिर्ता गरेको छैन ।  


रघुपति जुटमिलको हीरक महोत्सवमा रानी स्थित मिल परिसरमा पुगेका ओलीले बृक्षा रोपण समेत गरे । वि.सं. २००३ साल भाद्र ७ गते स्थापना भई हालसम्म संचालनमा रहेको श्री रघुपति जुट मिल्स लि. स्थापनाको ७५ वर्ष पूगेको उपलक्ष्यमा हिरक जयन्ति मनाउदै आएको छ ।


नेपालको औद्योगिक इतिहासका प्रवद्धकमध्येका कर्मबीर स्व. रामलाल गोल्छाको शालिकमा ओलीले माल्यार्पण समेत गरे । ६० वर्ष जुट मिल्समा काम गरि २०७० सालमा सेवा निवृत्त भएका श्रमिक अर्विद हुसेनलाई दोसल्ला, फूलमाला र नगद पुरस्कार सहित प्रमुख अतिथि ओलीले सम्मान गरे । मिलमा कार्यरत एकै परिवारका तीन पुस्ता हजुर आमा, समिन्दा खातुन, छोरी आफ्सना खातुन एवं नातिनी सोनम खातुनलाई प्रमुख अतिथिबाट सम्मान एवं पुरस्कृत गरिएको थियो । त्यसैगरि मल्समा एकै परिवारका दुई पुस्ता देखि कार्यरत कर्मचारीहरुमध्ये कर्मचारी नारायण खड्का र प्रकाश कुमार खड्कालाई समेत सम्मान एवं पुरस्कृत गरियो ।


वि.सं. २००३ सालमा स्थापना भई २०५३ सालमा निजिकरण भएको मिल्समा हाल ३००० भन्दा बढी कामदार कर्मचारी कार्यरत रहेको र दैनीक ५० टन जुटका विभिन्न सामाग्री उत्पादन हुने गरेको छ । ओलीले रघुपति जुट मिल्स लिमिटेड ७५ वर्ष पूगेको उपलक्ष्यमा वधाई एवं शुभकामना दिदै उत्तरोत्तर प्रगतिको कामना गरे । 


कार्यक्रममा पूर्व उद्योग राज्यमन्त्री माननीय मोतीलाल दुगड, माननीय सुमनराज प्याकुरोल, प्रदेश नं. १ का पूर्व सामाजीक विकास मन्त्री माननीय जीवन घिमिरे, मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा, उद्योग संगठन मोरङका अध्यक्ष सुयेस प्याकुरेल, जुट उद्योग संघका उपाध्यक्ष रमेश राठी, मिल्स संचालक सदस्य मुकेश उपाध्याय लगायत उद्योगी/व्यवसायिहरुको उपस्थिति रहेको थियो ।