विराटनगर-प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण ९ जनाको मृत्यू भएको छ भने १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ सय २१ जनाको पीसीआर परीक्षण गर्दा १ सय ५ र १सय४१ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३८, मोरङमा ३५, सुनसरीमा १६, इलाममा ५, संखुवासभामा २, पाँचथर, ओखलढुङ्गा, तेहृथुम, धनकुटा र उदयपुरमा १-१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण भएको हो । 

झापाको विर्तामोडमा ११, दमकमा ७, बुद्धशान्ति र कनकाईमा ५-५, गौरादहमा ३, भद्रपुर र मेचीनगरमा २-२, शिवसताक्षी, हल्दिबारी र स्थानीय तह नखुलेका १-१, मोरङको विराटनगरमा २०, कटहरीमा ३, कानेपोखरी, पथरीशनिश्चरे, बेलबारी र सुन्दरहरैचामा २-२, धनपालथान, उर्लाबारी, रतुवामाई र स्थानीय तह नखुलेका १-१ जनामा संक्रमण पुष्टि भएको छ ।  

त्यसैगरि सुनसरीको धरानमा ८, इटहरीमा ४, दुहवी, बर्जु, गढी र बराहक्षेत्रमा १-१, इलामको इलाम नगरपालिकामा ४ र चुलाचुलीमा १, संखुवासभाको चैनपुर र स्थानीय तह नखुलेका १-१, पाँचथरको फिदिम, ओखलढुङ्गाको सिद्धिचरण, तेहृथुमको छथर, धनकुटाको धनकुटा नगरपालिका र उदयपुरको बेलकामा १-१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १६५ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ८९ महिला र ७६ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र ६ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।