विराटनगर- प्रदेश मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण भएको छ । १४५ जनाको पीसीआर परीक्षण गर्दा १९ र १५ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा सुनसरीमा १०, मोरङमा ६ र झापामा ३ जनामा संक्रमण भएको हो ।

सुनसरीको इटहरीमा ६ र धरानमा ४, मोरङको विराटनगर र सुन्दरहरैचामा २–२, पथरीशनिश्चरे र बुढीगंगामा १–१,  झापाको बुद्धशान्ती, भद्रपुर र कचनकवलमा १–१ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।प्रदेश १ मा आज १८९ जना संक्रमणमुक्त भएका छन् ।

संक्रमणमुक्त हुनेमा  ९७ महिला र  ९२ पुरूष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ पुरूषको मृत्युु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ