इटहरी-इटहरी उपमहानगर पालिकाले सुत्केरीका लागि पोषण युक्त खाना र कपडा वितरण गर्न थालेपछि सामुदायिक स्वास्थ्य केन्द्रमा सुत्केरी गराउनेको संख्या बढेको छ । 

इटहरी अस्पतालमा सुत्केरी गराएका महिलालाई इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले पौष्टिक खाना र कपडा सहित घरमै पुगेर भेटघाट गरेकी छन । इटहरी उपमहानगरको सुत्केरी भेट कार्यक्रम अन्र्तगत वडा नम्वर ४, ८, ७, ८, १० र १४ नम्वर वडाका सुत्केरी महिलासँग स्वास्थ्यकर्मी सहित भेटघाट गरिएको हो ।

वडा नम्वर ४ र १४ का केहि सुत्केरी महिलालाई भने वडा कार्यालयमा भेट गरिएको छ । वडा नम्वर १४ को भेटघाट कार्यक्रममा वडाध्यक्ष रमेश चौधरी पनि सहभागि थिइन । वडा नम्वर ४ को कार्यक्रममा महिला सदस्यहरु सहभागि थिए । इटहरी अस्पतालकी स्टाफनर्स रीता मण्डलले आमा र वच्चाको स्वास्थ्य अवस्था वुझनुका साथै परामर्श दिएकी थिइन । 

चामल, दाल, तेल, नुन, अण्डा, नानी र आफूलाई कपडा सहित उपमेयर घरमै आइपुग्दा आफूलाई खुशी लागेको वडा नम्वर ४ की सुत्केरी महिला मन्जु जोगीले प्रतिक्रिया दिइन ।  सुत्केरी भएका महिलाको घरको अवस्था निकै समस्या ग्रस्त हुने भएकाले यस्तो कार्यले धेरै सहयोग पुग्ने उनले प्रतिक्रिया दिइन । उपमेयर सुत्केरी भेटघाट कार्यक्रमको प्रभावले इटहरी अस्पतालमा सुत्केरी गराउनेहरुको संख्या समेत वढेको छ ।