काठमाडौं—नेकपा माओवादी केन्द्रकाे स्थायी कमिटीकाे बैठकले तीन मन्त्री र एक राज्यमन्त्रीकाे नाम टुंगो लगाएको छ । माओवादी केन्द्रका नेता देबगुरुङका अनुसार माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराज मन्त्री बन्ने भएका छन् ।

यस्तै, बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय भएको छ । उनीहरुले पाउने मन्त्रालयको भने टुङ्गो नलागेको उनले बताए ।