काठमाडाैं—नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल  स्वास्थ्यलाभ गरी आज घर फर्किएका छन् । उनको स्वास्थ्यमा केही समस्या आएपछि असोज १३ गते बेलुकी त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएकाा थिए । 

अध्यक्ष नेपालकाे स्वास्थ्य संवेदनशीलताका कारण चिकित्सकको सल्लाहअनुसार केही दिन घरमै आराम गर्ने उनकाे निजी सचिवालयले जनाएकाे छ ।