विराटनगर- नेपाली काँग्रेस १४ औं महाधिवेशन अन्तर्गत विराटनगर महानगरपालिकाको सभापतिमा दिपक चापागाँई विजयी भएका छन । डाक्टर शेखर कोइरालासहित मोरङबाट केन्द्रमा रहेका नेताहरुको समर्थन पाएका  चापागाँईले २१२ मतसहित महानगरको सभापति निर्वाचित भएका छन । चार आकांक्षीमध्ये संस्थापन पक्षका सन्तोष न्यौपानेले १६५ मत प्राप्त गरेका छन ।

यसैगरी अर्का पतिस्पर्धी कृष्ण कार्कीले १३३ र पौडेल समूह भनेर अगाडी सारिएका अरुण न्यौपानले १२७ मत प्राप्त गरेका छन । यसैगरी उपसभापतिमा इन्दु सुवेदी खतिवडा र निरज कोइराला, सचिवमा झुमा निरौला गौतम र तेजिन्द्र भट्टराई, सह–सचिवमा सचिन पोखरेल र दिवस नेपाल निर्वाचित भएकाछन । शनिबार सम्पन्न निर्वाचनको आइतबार बिहान मतपरिणाम आएको हो ।