सत्तारूढ दल नेपाली काङ्ग्रेसले पार्टीको १४औँ महाधिवेशनको मिति नसर्ने स्पष्ट पारेको छ । शुक्रबार सिंहदरवारस्थित पार्टी संसदीय दलको बैठकमा बसेको पार्टी पदाधिकारी बैठकले पार्टीको केन्द्रीय महाधिवेशन मङ्सिर ९ देखि १३ गते तोकिएकै मितिमा हुने प्रष्टयाएको हो । 

बैठकले केन्द्रीय महाधिवेशनको मिति सार्ने प्रस्ताव पार्टीका कुनै पनि पदाधिकारीले नगरेको पनि जानकारी गराएको छ । बैठकले भोलि शनिबार निर्धारित समयमै पार्टीको पालिका स्तरीय अधिवेशन हुने र त्यसलाई सफलतापूर्वक सम्पन्न गराउन पनि सिङ्गो पार्टी पंक्तिलाई आह्वान गरेको छ ।