विराटनगर-प्रदेश १ का मुख्यमन्त्रि भीम आचार्यले उद्योगी व्यवसायीहरुको समस्याप्रति प्रदेश सरकार गम्भीर भएको बताएका छन । आर्थिक बन्दी, कोभिड-१९ का कारण भएको समस्याप्रति सरकार गम्भीर भएको बताउदैं उद्योग व्यवसाय प्रवद्धनका लागि प्रदेश सरकारले नयाँ कार्यक्रम ल्याउने बताए ।  

शनिवार धरानमा सुनसरी उद्योग बाणिज्य संघले आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रमलाई सम्बोधन गदैं यति बेला राजनीतिक परिस्थिति प्रतिकुल छ, परिस्थिति अनुकुल भए पछि सरकारले प्रदेश १ को आर्थिक मजबुद बनाउन नयाँ योजना ल्याउने बताए । 

क्याविनेटको पहिलो वैठकबाट यातायात व्यवास्था कार्यालय, मालपोत कार्यालयहरुबाट अनलाइन सेवा सञ्चालन गर्न निणर्य गरेको छ । कोभिड प्रभाव न्यूनिकरणका लागि १० करोड बजेट विनियोजन गरेर प्रदेश सरकारले काम थालेको उनले जानकारी दिए । 

प्रदेश सरकारको विकास सम्वृद्धिका लागि उद्योगी व्यवसायीहरुसँग हातेमालो गरेर अगाडी बढ्ने सरकारको नीति भएकाले सरकारलाई सहयोग गर्नसमेत आग्रह गरे । कार्यक्रममा प्रदेश सभामुख प्रदिपकुमार भण्डारीले प्रदेशको आर्थिक सम्वृद्धिका लागि उद्योगी र व्यवसायीको ठूलो भूमिका भएको बताए । कार्यक्रममा सुनसरी उद्योग बाणिज्य संघ अध्यक्ष गिरीधारी सापकोटा, पूणर् अध्यक्ष मोहनकाजी शाक्य, प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठलगायतले व्यवसायी र उद्योगीहरुको तत्कालका समस्याहरु उठान गरेका थिए ।