विराटनगर-माधव नेपाल समूह छाडेका भीम आचार्य प्रदेश १ को नयाँ मुख्यमन्त्री बनेका छन । सुनसरीको इनरुवा घर भएका आचार्य सुनसरी क्षेत्र नम्बर १ को ‘ख’बाट प्रदेश सभामा निर्वाचित भएका थिए । उनले बिहिबार सपथ ग्रहण गरेका हुन । यस अघि संसदीय दलको निर्वाचनमा उनी शेरधन राईसंग दुईमतले पराजीत भएका थिए । 

विराटनगरको होटल एसियाटिकमा बिहिबार नै संसदीय दलको बैठक बसेर दलको नेता चयन भएका आचार्यलाई आजै मुख्यमन्त्रीको सपथ गराइएको हो । संविधानको धारा १६८ (१) अन्तर्गत बनेको शेरधन राई नेतृत्वको सरकार विघटन गरी सोही धारा अनुसार आचार्यको नेतृत्वमा पुनः एमालेको एकल सरकार गठन भएको हो । आचार्यले संविधान अनुसार ३० दिनभित्र पुनः विश्वासको मत लिनुपर्नेछ । विश्वासको मत लिन नेपाल पक्षका प्रदेशसभा सदस्यहरुको उनलाई साथ चाहिन्छ ।  

प्रदेश १ को मुख्यमन्त्रीबाट शेरधन राईले बिहिबार नै प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीसमक्ष राजीनामा दिएलगत्तै आचार्यले सपथ ग्रहण गरेका हुन् ।