विराटनगर-प्रदेश १ मा पछिल्लो २४ घण्टामा १३ जनाले ज्यान गुमाएका छन भने ६११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मृत्यू हुनेमा ४ महिला ९ पुरुष छन । एक हजार ३ सय ३८ जनाको पीसीआर परीक्षण गर्दा ४१४ र ७१८ जनाको एन्टिजेन परीक्षणगर्दा १९७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १४४, मोरङमा १४२, सुनसरीमा ९३, धनकुटामा १५, इलाममा ४, भोजपुर, उदयपुर र संखुवासभामा २-२, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको हो ।


झापाको दमकमा २७, कनकाई र विर्तामोडमा २१-२१, शिवसताक्षीमा १६, मेचीनगरमा १५, अर्जुनधारामा १२, भद्रपुरमा १०, कमल गाउँपालिकामा ९, गौरादह, हल्दिबारी र बुद्धशान्तिमा ३-३, बार्‍हदशीमा २, कचनकवल र गौरीगञ्जमा १-१ जनामा संक्रमण देखिएको छ । 


मोरङको विराटनगरमा ४३, लेटाङमा ३८, पथरीशनिश्चरेमा २२, केराबारीमा १३, सुन्दरहरैचामा १२, उर्लाबारीमा १०, बेलबारीमा २, सुनबर्षी र मिक्लाजुङमा १-१, सुनसरीको इटहरीमा ५२, धरानमा ३०, इनरुवामा ४, गढीमा ३, बराहक्षेत्रमा २, रामधुनी र दुहवीमा १-१, धनकुटाको धनकुटा नगरपालिकामा १०, छथर जोरपाटीमा ३, चौवीसे र पाख्रिबासमा १-१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 


इलामको माईमा २, इलाम नगरपालिका र स्थानीय तह नखुलेका १-१, भोजपुरको भोजपुर नगरपालिका र स्थानीय तह नखुलेका १-१, उदयपुरको बेलका र चौदण्डीगढीमा १-१, संखुवासभाको मादी र स्थानीय तह नखुलेका १-१, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।


प्रदेश १ मा आज ३१२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १२८ पुरुष र १८४ महिला रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ ।