विराटनगर-प्रदेश १ मा पछिल्लो २४ घण्टामा १३ पुरुष र ५ महिला गरि १८ जनाको मृत्यू भएको छ भने ४ सय २१ जनामा कोरोना संक्रमण देखिएको छ । ९ सय २४ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ९ र ५ सय २ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय १२ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १ सय ४९, मोरङमा ६८, सु्नसरीमा ६७, इलाममा १२, संखुवासभामा ५, उदयपुरमा २, पाँचथर र तेर्‍हथुममा १-१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो ।


झापाको विर्तामोडमा ३०, कनकाई र अर्जुनधारामा २६-२६, दमकमा १९, शिवसताक्षीमा १६, मेचीनगरमा १४, बुद्धशान्तिमा ८, भद्रपुरमा ४, कमल गाउँपालिकामा २, गौरादह, बार्‍हदशी, गौरीगञ्ज र हल्दिबारीमा १-१ जनामा संक्रमण फेला परेको हो । 

त्यसैगरि मोरङको बेलबारीमा २५, विराटनगरमा २३, सुन्दरहरैचामा ७, बुढीगंगा र पथरीशनिश्चरेमा ३-३, रंगेली र कानेपोखरीमा २-२, केराबारी, मिक्लाजुङ, लेटाङमा १-१, सुनसरीको इटहरीमा ३१, धरानमा १९, बराहक्षेत्रमा ५, दुहवी र रामधुनीमा ३-३, देवानगञ्जमा २, इनरुवा, बर्जु, भोक्राहा, हरिनगरमा १-१, इलामको सुर्योदयमा ५, इलाम नगरपालिकामा ४, चुलाचुलीमा २, माईमा १,संखुवासभाको खाँदबारीमा ५, उदयपुरको बेलकामा २, पाँचथरमा १ र तेर्‍हथुममा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा सोमबार ३१२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १५७ महिला र १५५ पुरुष रहेका छन् ।