विराटनगर-प्रदेश १ मा पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यू भएको छ । जसमा ३ महिला र १० पुरुष छन । ४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७३९ जनाको पीसीआर परीक्षणगर्दा २०० र १ हजार ४५ जनाको एन्टिजेन परीक्षण गर्दा २७९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ७३, सुनसरीमा ६६, झापामा ४७, धनकुटामा ७, इलाममा ४, उदयपुरमा २, भोजपुरमा १ जनामा संक्रमण देखिएको छ ।


मोरङको विराटनगरमा ३२, लेटाङमा १२, बेलबारीमा ११, पथरीशनिश्चरेमा ५, केराबारीमा ४, सुन्दरहरैचा र उर्लाबारीमा ३-३, रंगेलीमा २, कानेपोखरीमा १, सुनसरीको इटहरीमा ३६, धरानमा २२, दुहवी, इनरुवा र बराहक्षेत्रमा २-२, बर्जु र स्थानीय तह नखुलेका १-१, झापाको दमकमा ३०, भद्रपुरमा ७, कमल गाउँपालिकामा ३, मेचीनगरमा २, शिवसताक्षी, गौरादह, विर्तामोड, अर्जुनधारा र कचनकवल १-१, धनकुटाको धनकुटा नगरपालिकामा ५, पाख्रिबास र शहिदभूमीमा १-१, इलामको इलाम नगरपालिका, मांसेबुङ, चुलाचुली र स्थानीय तह नखुलेका १-१, उदयपुरको चौदण्डीगढीमा २ र भोजपुरको भोजपुर नगरपालिकामा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।


प्रदेश १ मा आज ७३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३४३ महिला र ३९३ पुरुष रहेका छन् ।