विराटनगर–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यू भएको छ भने ८६० जनामा कोरोना संक्रमण देखिएको छ । मृत्यू हुनेमा दुई महिला र छ पुरुष छन । १ हजार ४१० जनाको पीसीआर परीक्षण गर्दा ४७० र १ हजार ४०४ जनाको एन्टिजेन परीक्षण गर्दा ३९० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार झापामा १८४, मोरङमा १४५, सुनसरीमा १०४, इलाममा १५, धनकुटामा ७, तेर्‍हथुम र उदयपुरमा ४-४, पाँचथर, संखुवासभा र खोटाङमा १-१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको छ ।

झापाको शिवसताक्षी र विर्तामोडमा ३०-३०,  भद्रपुरमा २८, दमकमा २४, मेतीनगरमा १९, कनकाईमा १८, अर्जुनधारामा ९, कमल गाउँपालिकामा ८, हल्दिबारीमा ६, बुद्धशान्तिमा ४, बार्‍हदशीमा ३, गौरादहमा २, गौरीगञ्ज, झापा गाउँपालिका  र स्थानीय तह नखुलेका १-१, मोरङको विराटनगरमा ५४, बेलबारीमा ३०, लेटाङमा २२, सुन्दरहरैचामा १५, उर्लाबारीमा ९, केराबारीमा ७, कानेपोखरी र बुढीगंगामा २-२, पथरीशनिश्चरेमा १ र स्थानीय तह नखुलेका ३ जनामा संक्रमित भेटिएका छन । 

सुनसरीको इटहरीमा ५६, धरानमा ३८, रामधुनीमा ४, बराहक्षेत्र, इनरुवा र देवानगञ्जमा २-२, इलामको इलाम नगरपालिकामा ७, माई, रोङ र चुलाचुलीमा २-२, फाकफोकथुम र स्थानीय तह नखुलेका १-१, धनकुटाको धनकुटा नगरपालिकामा ५, चौवीसे र पाख्रिवासमा १-१, तेर्‍हथुमको फेदापमा ३, म्याङलुङमा १, उदयपुरको बेलकामा २, त्रियुगा र चौदण्डीगढीमा १-१, पाँचथरको फिदिम, संखुवासभा र खोटाङमा १-१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । 

प्रदेश १ मा आज ४१३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त  हुनेमा १९६ महिला र २१७ पुरुष रहेका छन् ।