विराटनगर-प्रदेश १ मा शनिबार ७ जनाको कोरोना संक्रमणको कारण मृत्यू भएको छ । तीन महिला र चार जना पुरुषको गएको २४ घण्टामा मृत्यू भएको हो ।  ६ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ सय ८८ जनाको पीसीआर परीक्षण गर्दा २ सय १५ र १ हजार ५ सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय ७७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०८, सुनसरीमा ४२, झापामा          ३८, धनकुटामा १४, इलाममा ९, उदयपुरमा २, संखुवासभा र भोजपुरमा १-१ जनामा संक्रमण देखिएको छ । मोरङको लेटाङमा ५०, विराटनगरमा २०, पथरीशनिश्चरेमा १६, केराबारीमा १३, बेलबारीमा ५, सुनबर्षी, बुढीगंगा, उर्लाबारीमा १-१, 

सुनसरीको धरानमा २६, इटहरीमा १३, इनरुवामा २, बराहक्षेत्रमा १, झापाको दमकमा १५, भद्रपुरमा १०, मेचीनगरमा ४, गौरादह र विर्तामोडमा ३-३, कमल गाउँपालिकामा २ र शिवसताक्षीमा १, धनकुटाको धनकुटा नगरपालिकामा ७, पाख्रिबासमा ५, चौवीसे, शहिदभूमीमा १-१, इलामको सुर्योदयमा ४, इलाम नगरपालिकामा ३, चुलाचुलीमा २, उदयपुरको त्रियुगा र स्थानीय तह नखुलेका १-१, संखुवासभा  र भोजपुरको साल्पासिलिछोमा १-१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ६४५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३०७ महिला र ३३८ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र ४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।