विराटनगर-प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५ जनाले कोरोना संक्रमणको कारण ज्यान गुमाएका छन भने ९ सय ५४ जनामा कोरोना संक्रमण भएको छ । मृत्यू हुनेमा दुई महिला र तीन पुरुष छन । १ हजार ७ सय ४४ जनाको पीसीआर परीक्षण गर्दा ५ सय ५४ र १ हजार ४ सय ८३ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २ सय ५७, मोरङमा १ सय ३८, सुनसरीमा ९९, इलाममा १९, धनकुटामा १८, उदयपुरमा ६, संखुवासभामा २, पाँचथर र तेर्हथुममा १-१ प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको छ ।
झापाको विर्तामोडमा ७८, दमकमा ४२, अर्जुनधारामा २९, कनकाईमा २६, भद्रपुर र मेचीनगरमा १९-१९, शिवसताक्षीमा १६, बुद्धशान्तिमा १४, गौरादह, बार्हदशी र कमल गाउँपालिकामा ४-४, हल्दिबारी र झापा गाउँपालिकामा १-१, मोरङको विराटनगरमा ६१, बेलबारीमा २६, सुन्दरहरैचामा १५, पथरीशनिश्चरे र बुढीगंगामा ७-७, लेटाङ र कानेपोखरीमा ४-४, ग्रामथान र स्थानीय तह नखुलेका ३-३, केराबारी, रंगेली र उर्लाबारीमा २-२, सुनबर्षी र कटहरीमा १-१ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरि सुनसरीको इटहरीमा ४७, धरानमा ३७, बराहक्षेत्रमा ४, रामधुनी र इनरुवामा ३-३, हरिनगर, दुहवी र कोशी गाउँपालिकामा १-१ र स्थानीय तह नखुलेका २, इलामको इलाम नगरपालिकामा १४, मांसेबुङ, रोङ, माईजोगमाई, सुर्योदय र माई नगरपालिकामा १-१, धनकुटाको धनकुटा नगरपालिकामा १५, महालक्ष्मीमा २, पाख्रिबासमा १, उदयपुरको लिम्चुङबुङमा २, त्रियुगा, चौदण्डीगढी, बेलका, र स्थानीय तह नखुलेका १-१, संखुवासभामा २, पाँचथरको फिदिममा १, तेर्हथुममा १, प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा सोमबार ३ सय ३८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १ सय ६१ महिला र १ सय ७७ पुरुष रहेका छन् ।



