विराटनगर-दार्चुलामा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएको बिषयमा सत्यतथ्य छानविन गर्नका लागि प्रदेश १ का प्रमुख प्रतिपक्षीदलका  नेता राजिव कोइरालले माग गरेका छन । 


बिहिबार १ नम्वर प्रदेशसभाको बैठकमा बिषेश समय लिएर बोल्दै नेता कोइरालले उक्त कुरा माग गरेका हुन । दार्चुलामा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका जयसिंह धामीको बिषयमा बिभिन्न कुराहरु सार्वजनीक भइरहेका बेलामा सत्यतथ्य छानविन गरेर यर्थात कुरा छिटो भन्दा छिटो सार्वजनीक गर्नका लागि सभामुख मार्फत माग गरेका हुन । 


प्रदेसभामा बोल्दै नेता कोइरालाले सुनसरीको दुहबी र इनरुवा सडकखण्ड निर्माण गर्नका लागि समेत सभामुख मार्फत प्रदेश सरकारलाई आग्रह गरे । लामो समय देखि इनरुवा दुहबी सडकखण्ड निर्माण नहुदा स्थानीयवासी तथा सवारी सधानलाई आवतजावत गर्नका लागि समस्या भएको भन्दै उक्त बाटो निर्माणका लागि तदारुकता देखाउनका लागि सभामुख मार्फत प्रदेश सरकार समक्ष माग गरेका छन । 


त्यसैगरी प्रदेश १ मा कुल जनसंख्या कति हो र अहिले सम्ममा कति जनालाई कोरोना भाइरस बिरुद्ध खोप दिइएको छ, कति अझै दिनका लागि बाँकी रहेको भन्ने बिषयमा समेत सभामुख मार्फ नेता कोइरालाले सरकारको जवाफ माग गरे । उनले कति जनाले अहिले सम्म पहिलो डोजको कोरोना खोप पाएको र कति जनाले दोस्रो डोजको खोप पाउनका लागि बाकी रहेको छ भनी तथ्यांक सार्वजनीक गर्नका लागि समेत माग गरेका छन । 


त्यसैगरी नेता कोइरालले प्रदेशको बाढी पहिरोबाट पीडित हुने सम्भावित ठाउँको पहिचान गरेर त्यस ठाउमा कसरी बाढीबाट हुने जोखिमलाई न्युनिकरण गर्न सकिन्छ त्यस तर्फ ध्यान केन्द्रित गर्नका लागि समेत आग्रह गरे । त्यसैगरी नेपाल प्रहरी बिधेयक हातार हतार गरेर पास गरेको भएपनि अहिले सम्ममा त्यसको नतिजा केही नआएको र अहिलेसम्म अन्यौलता कायमै रहेकाले त्यस बिषयमा के भइरहेको यर्थात जानकारी गराउनका लागि माग गरे ।