विराटनगर-प्रदेश १ मा कोरोना संक्रमितको संख्या दुईसाता नपुग्दै दोब्बरले बढेको छ । दुई साता अघि सम्म तीन सयको हाराहारीमा दैनिक संक्रमितको संख्यामा बृद्धि भएर अहिले दैनिक १ हजार भन्दा बढी पुगेको छ । 

पछिल्लो २४ घण्टामा १ हजार १ सय १६ जनामा कोरोना संक्रमण देखिएको छ । २ हजार १ सय २६ जनाको पीसीआर परीक्षणमा ५ सय ४२ र १ हजार ८ सय २१ जनाको एन्टिजेन परीक्षणमा ५ सय ७४ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २४९, मोरङमा १४४, सुनसरीमा १०४, धनकुटामा १९, इलाममा ७, उदयपुरमा ४, पाँचथर, ताप्लेजुङमा ३, संखुवासभा र तेर्‍हथुममा २-२, भोजपुरमा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको छ ।

झापाको विर्तामोडमा ५६, दमकमा ५३, भद्रपुरमा ३८, कनकाईमा २५, शिवसताक्षी र अर्जुनधारामा १७-१७, बुद्धशान्ति, कमल गाउँपालिका र स्थानीय तह नखुलेका ७-७, मेचीनगरमा १५, हल्दिबारीमा ३, बार्‍हदशीमा २, गौरीगञ्ज र गौरादहमा १-१, मोरङको विराटनगरमा ७३, बेलबारीमा २४, उर्लाबारीमा १०, पथरीशनिश्चरेमा ९, सुन्दरहरैचामा ६, लेटाङमा ५, कानेपोखरीमा ४, जदहामा २, ग्रामथान, कटहरी, केराबारी, रंगेली, धनपालथान, रतुवामाई, मिक्लाजुङ र सुनबर्षीमा १-१ र स्थानीय तह नखुलेका ३, जनामा संक्रमण देखिएको छ । 

त्यसैगरि सुनसरीको धरानमा ५५, इटहरीमा ३४, हरिनगर, रामधुनी र इनरुवामा २-२, दुहवी र कोशी गाउँपालिकामा १-१ र स्थानीय तह नखुलेका ७, धनकुटाको धनकुटा नगरपालिकामा १५, महालक्ष्मी र साँघुरीगढीमा १-१, स्थानीय तह नखुलेका २, इलामको इलाम नगरपालिकामा ५, सुर्योदय र माईमा १-१, उदयपुरको त्रियुगामा २, बेलका र कटारीमा १-१, पाँचथरको फिदिममा २, ताप्लेजुङको फालेलुङ, याङवरक र स्थानीय तह नखुलेका १-१ , संखुवासभाको धर्मदेवी र खाँदबारीमा १-१, तेर्‍हथुमको आठराई त्रिवेणी र स्थानीय तह नखुलेका १-१, भोजपुरको भोजपुर नगरपालिकामा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा सोमबार २९१ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १२१ म्हिला र १७० पुरुष रहेका छन् । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । मृृत्यु हुनेमा ६ महिला र २ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।