विराटनगर-प्रदेश १ मा २४ घण्टामा ८ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन । मृत्यू हुनेमा २ महिला र छ पुरुष रहेका छन ।  शनिबार १ हजार ९१ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ६ सय ६१ जनाको पीसीआर परीक्षणमा ३ सय ३८ र २ हजार २ सय ८१ जनाको एन्टिजेन परीक्षणमा ७ सय ५३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३५, झापामा ९५, सुनसरीमा ९२, इलाममा ४, उदयपुरमा ३, पाँचथरमा २, भोजपुर र खोटाङमा १-१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको छ ।


मोरङको विराटनगरमा ६७, पथरीशनिश्चरेमा २४, केराबारीमा २२, बेलबारीमा ११, उर्लाबारीमा ४, सुन्दरहरैचा र कटहरीमा २-२, रंगेली, बुडीगंगा र स्थानीय तह नखुलेका १-१, झापाको दमकमा ४९, भद्रपुरमा २०, विर्तामोडमा ९, कमल गाउँपालिकामा ६, मेचीनगरमा ३, अर्जुनधारामा २, हल्दिबारी, कचनकवल, कनकाई, बुद्धशान्ति, शिवसताक्षी र स्थानीय तह नखुलेका १-१ जनामा संक्रमण देखिएको छ । 


त्यसैगरि सुनसरीको धरानमा ७७, इटहरीमा ९, बराहक्षेत्रमा ३, इनरुवा, हरिनगर र कोशी गाउँपालिकामा १-१,  इलामको इलाम नगरपालिका, चुलाचुली, रोङ र स्थानीय तह नखुलेका १-१, उदयपुरको चौदण्डीगढीमा २ र कटारीमा १, पाँचथरको फिदिममा २, भोजपुरको भोजपुर नगरपालिका र खोटाङको हलेसी तुवाचुङमा १-१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।


प्रदेश १ मा शनिबार ३०७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७३ हजार २४३ पुगेको छ । पछिल्लो २४ घण्टामा  कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ६ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।