विराटनगर-प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४ सय ५८ जना कोरोना संक्रमित थपिएका छ । १ हजार ६ सय १२ जनाको पीसीआर परीक्षण गर्दा २०५ महिला र २५३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । ९९२ जनाको एन्टिजेन परीक्षण गर्दा ३२० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार झापामा २०७, मोरङमा १३२, सुनसरीमा ९५, इलाममा ५, धनकुटामा ३, पाँचथर, संखुवासभा र उदयपुरमा २-२, ताप्लेजुङ, भोजपुर र खोटाङमा १-१ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण पुष्टि भएको छ ।  

झापाको दमकमा ७०, विर्तामोडमा ३७, मेचीनगरमा २४, कनकाईमा १९,  शिवसताक्षीमा १६, अर्जुनधारामा १५, कमल गाउँपालिकामा ७, भद्रपुरमा ७,  बुद्धशान्तिमा ६, बार्‍हदशीमा ३, गौरादह र झापा गाउँपालिका र स्थानीयतह नखुलेका १-१, मोरङको विराटनगरमा ५३, बेलबारीमा २७, केराबारीमा २२, सुन्दरहरैचामा १५, उर्लाबारीमा ४, पथरीशनिश्चरेमा ३, बुढीगंगा, लेटाङ र स्थानीय तह नखुलेका २-२, रतुवामाई र कानेपोखरीमा १-१ संक्रमित फेला परेका छन । 

त्यसैगरि सुनसरीको धरानमा ४९, इटहरीमा ३०, कोशी गाउँपालिका, दुहवी, बराहक्षेत्र र देवानगञ्जमा २-२, रामधुनीमा १ र स्थानीय तह नखुलेका ७, इलामको इलाम नगरपालिका र चुलाचुलीमा २-२, रोङमा १, धनकुटाको धनकुटा नगरपालिका, पाख्रिवास र स्थानीय तह नखुलेका १-१, पाँचथरको फिदिम र स्थानीय तह नखुलेका १-१, संखुवासभामा २, उदयपुरको कटारी र बेलकामा १-१, ताप्लेजुङको फुङलिङ, भोजपुरको भोजपुर नगरपालिका र खोटाङको बराहपोखरी १-१ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । 

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८० हजार ११५ पुगेको छ । संक्रमित भएका मध्ये ७२ हजार ४९३ जना संक्रमणमुक्त भएका छन् । बिहिबार ४०३ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ६ हजार ११५ जना रहेको मन्त्रालयले जनाएको छ ।