विराटनगर-प्रदेश १ मा शुक्रबार ८३९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३३०, सुनसरीमा ३०६, झापामा ११७, उदयपुरमा २३, धनकुटामा १५, इलाम र भोजपुरमा ६-६, संखुवासभा र तेर्‍हथुममा ४-४, पाँचथरमा ३, ताप्लेजुङ, ओखलढुङ्गा र खोटाङमा १-१ र प्रदेश १ बाहिरका २२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

मोरङको विराटनगरमा १२१, सुन्दरहरैचामा ६३, उर्लाबारीमा ४२, बेलबारीमा ३३, लेटाङमा १८, पथरीशनिश्चरेमा १४, बुढीगंगामा ९, रंगेली र कानेपोखरीमा ५-५, रतुवामाई र कटहरीमा ४-४, जहदा, सुनबर्षी, ग्रामथान र मिक्लाजुङमा २-२, केराबारीमा १, स्थानीय तह नखुलेका ३ जना थपिएका हुन ।  

सुनसरीको इटहरीमा १७७, धरानमा ७२, बराहक्षेत्रमा १४, इनरुवामा ७, रामधुनीमा ८, बर्जुमा ५, दुहवी र भोक्राहानरसिंहमा ४-४, गढीमा २, देवानगञ्ज र हरिनगरमा १-१, स्थानीय तह नखुलेका ११, झापाको दमकमा ३१, विर्तामोडमा २४, कनकाई र भद्रपुरमा ११-११, अर्जुनधारामा ९, मेचीनगर र शिवसताक्षीमा ६-६, बुद्धशान्ति र गौरादहमा ४-४, कमल गाउँपालिकामा २, हल्दिबारी, कचनकवल,गौरीगञ्ज र झापा गाउँपालिकामा १-१ र स्थानीय तह नखुलेका ५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरि उदयपुरको त्रियुगामा ७, चौदण्डीगढी र ताप्लीमा ४-४, बेलका र स्थानीय तह नखुलेका ३-३, कटारी र उदयपुरगढीमा १-१, धनकुटाको धनकुटा नगरपालिकामा १०, महालक्ष्मीमा ४, साँघुरीगढीमा १, इलामको इलाम नगरपालिकामा ३, रोङ र सुर्योदयमा १-१, भोजपुरको भोजपुर नगरपालिकामा ३, पौवादुङ्मा, टेम्केमैयुङ र स्थानीय तह नखुलेका १-१, संखुवासभाको खाँदबारीमा २, चिचिला र चैनपुरमा १-१, तेर्‍हथुमको फेदाप र लालीगुराँसमा १-१ र स्थानीय तह नखुलेका २, पाँचथरको कुम्बायक, याङवरक र स्थानीय तह नखुलेका १-१, ताप्लेजुङको आठराई त्रिवेणीमा १, ओखलढुङ्गामा १, खोटाङमा १ र प्रदेश १ बाहिरका २२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । 

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७७ हजार ७७६ पुगेको छ । संक्रमित भएका मध्ये ७० हजार ४३० संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ५ हजार ९११ जना रहेको छ । आज ३६८ जना संक्रमणमुक्त भएका छन् । प्रदेश १ मा शुक्रबार ३ हजार ५०९ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३८४ महिला र ४५५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।