विराटनगर-प्रदेश १ मा आज ४२८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २०४ महिला र २२४ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७० हजार ६२ पुगेको छ ।

प्रदेश १ मा बिहिबार ३०९ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार १०२ जनाको पीसीआर परीक्षण गर्दा १६५ महिला र १४४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङमा ९९, झापामा ९८, सुनसरीमा ८५, धनकुटामा १२, इलाम र उदयपुरमा   ३-३, भोजपुरमा २, संखुवासभा र तेर्‍हथुममा १-१ र प्रदेश १ बाहिरका ५ जनामा कोरोना पुष्टि भएको   छ ।

मोरङको विराटनगरमा ६१, बेलबारीमा २२, मिक्लाजुङ, सुन्दरहरैचा र पथरीशनिश्चरेमा ३-३, केराबारीमा २,उर्लाबारी, सुनबर्षी, ग्रामथान र कटहरीमा १-१, झापाको दमकमा २७, विर्तामोडमा २५, भद्रपुरमा १४, मेचीनगरमा ९, कनकाईमा ८, अर्जुनधारामा ७, शिवसताक्षीमा ३, कमल गाउँपालिका, हल्दिबारी र बुद्धशान्तिमा १-१ र स्थानीय तह नखुलेका २, सुनसरीको धरानमा ५१, इटहरीमा २३, बराहक्षेत्रमा ५, इनरुवा र स्थानीय तह नखुलेका ३-३ जना नयाँ संक्रमित थपिएका छन । 

धनकुटाको धनकुटा नगरपालिकामा ८, पाख्रिवासमा ३, स्थानीय तह नखुलेका १, इलामको इलाम नगरपालिका, सुर्योदय र स्थानीय तह नखुलेका १-१, उदयपुरको त्रियुगा, चौदण्डीगढी र स्थानीय तह नखुलेका १-१, भोजपुरको भोजपुर नगरपालिका र स्थानीय तह नखुलेका १-१, संखुवासभाको खाँदबारीमा १, तेर्‍हथुममा १ र प्रदेश १ बाहिरका ५ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७६ हजार ९३७ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ४६० रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।