विराटनगर-नेकपा एमाले मोरङको बैठकले भदौभित्र सम्पूणर् नागरिकलाई कोरोना विरुद्धको खोप लगाइसक्न सरकारलाई आग्रह गरेको छ । एमाले केन्द्रिय सदस्य तथा प्रदेश १ सचिव विनोद ढकालको प्रमुख आतिथ्यमा बसेको बैठकले वडा र पालिका अधिवेशनको मिति तोक्दै सरकारसंग भदौ भित्रमा सबै नागरिकलाई खोप लगाइसक्ने माग गरेको हो । 


एमालेकै नाममा जिल्लामा समानान्तर गतिविधि गरिरहेको समूहलाई समेत अन्य पार्टीसंगको गठबन्धन टुटाएर एमालेमा एकताबद्ध हुन ढकालले आग्रह गरेका छन । 


राजनीतिक किचलोका कारण नेकपा विभाजन पछि एमाले मोरङले वडा र पालिका कमिटीको अधिवेशन गर्ने निणर्य गरेको छ । एमाओवादीसंगको एकता पछि बनेको नेकपामा जिल्ला देखी वडास्तर सम्म पार्टी एकता गरि कमिटिहरु निर्माण भएका थिए ।  एमाले मोरङले १५९ वटा वडा कमिटीमा भदौ ५ गते र १७ वटै पालिकामा भदौ १५ गते अधिवेशन गर्ने निणर्य गरेधको छ । 


एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेलको अध्यक्षतामा शनिबार बसेको जिल्ला कमिटीको बैठकले वडा कमिटी र पालिका कमिटीको अधिवेशन एकै दिन गर्ने तयारी गरिएको हो । जनसंगठनहरुले भेला तथा अधिवेशनबाट नयाँ कमिटी निर्माण भदौ मसान्त सम्ममा गरिसक्नु पर्ने बैठकले निणर्य गरेको छ । जिल्ला कमिटी बैठकले २०७८ सालको सदस्यता नविकरण आगामी साउन १५ गते भित्रमा  गरिसकेर जिल्लामा नामावली र शुल्क बुझाई सक्नुपर्ने निणर्य गरेको छ । बैठकले विभिन्न पार्टीबाट आएका, विगतमा नेकपा हुँदा पार्टी सदस्य कायम भएका र एमालेमा रहेका सवैको पार्टी सदस्यता नविकरण गर्ने निणर्य गरेको छ ।  


बाढी, पहिरोबाट हुन सक्ने जोखिमबाट बच्नका लागि आवस्यक सहयोग तथा स्वयंसेवकीय र संभावित जोखिमको रोकथाम र न्युनीकरणका लागि आवस्यक भूमिका निर्वाह गर्न जनवर्गिय संगठनहरु राष्ट्रिय युवा संघ, अनेरास्ववियु, टे्रड युनियन महासंघ र अनेमसंघलाई आवस्यक सहयोगका लागि जिम्मेवारी दिईएको छ ।