विराटनगर-  प्रदेश १ मा बिहिबार ३०७ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १२०, झापामा ९३, मोरङमा ८३, धनकुटामा ३, इलाममा २, खोटाङ र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको धरानमा ८५, इटहरीमा २६, इनरुवा, रामधुनी र बराहक्षेत्रमा २–२, दुहवी, गढी र स्थानीय तह नखुलेका १–१, झापाको विर्तामोडमा २२, दमकमा २१, भद्रपुरमा ११, कनकाईमा ९, मेचीनगरमा ८, अर्जुनधारा र बुद्धशान्तिमा ५–५, गौरादहमा ४, हल्दिबारीमा ३, शिवसताक्षीमा २, कचनकवल, कमल गाउँपालिका र स्थानीय तह नखुलेका १–१, मोरङको विराटनगरमा ५५, केराबारीमा ११, पथरीशनिश्चरेमा ६, सुन्दरहरैचामा ५, कटहरीमा २, उर्लाबारी, बुढीगंगा, रतुवामाई र लेटाङमा १–१, धनकुटाको धनकुटा नगरपालिका, महालक्ष्मी र स्थानीय तह नखुलेका १–१, इलामको चुलाचुली र मांसेबुङमा १–१, खोटाङको खोटेहाङ र संखुवासभाको खाँदबारीमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७४ हजार ५५० पुगेको छ । संक्रमित भएका मध्ये ६७ हजार ५६८ जना संक्रमणमुक्त भएका छन् । बिहिबार ३०८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ६४९ रहेको छ ।प्रदेश १ मा बिहिबार ८६७ जनाको पीसीआर परीक्षण गरिएको छ । पीसीआर परीक्षण गरिएका मध्ये १५५ महिला र १५२ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।