विराटनगर-प्रदेश १ माआज ६२३ जनाकोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २८४ महिला र ३३९ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६६ हजार १५८ पुगेको छ ।

प्रदेश १ मा सोमबार ३५९ जनाकोरोना संक्रमित थपिएका छन् । झापामा १४८, मोरङमा १३१, सुनसरीमा ४७, धनकुटामा १२, उदयपुरमा ५, इलाममा ३, पाँचथर र संखुवासभामा २-२,ताप्लेजुङ, तेर्‍हथुम र भोजपुरमा १-१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको मेचीनगरमा ३५, विर्तामोडमा २६, दमकमा २४, अर्जुनधारा र भद्रपुरमा १७-१७, कनकाईमा १३, शिवसताक्षीमा ५, बुद्धशान्ति, बार्‍हदशी र कमल गाउँपालिकामा २-२, गौरादह, गौरीगञ्ज , हल्दिबारी, झापा गाउँपालिका र स्थानीय तहनखुलेका१-१, मोरङको विराटनगरमा ५४, बेलबारीमा ४४, पथरीशनिश्चरेमा ९, बुढीगंगामा ५, लेटाङ, ग्रामथान, सुन्दरहरैचा र कटहरीमा ३-३, सुनबर्षीमा २, उर्लाबारी, केराबारी, रंगेली, धनपालथान र स्थानीयतहनखुलेका १-१, सुनसरीको धरानमा २१, इटहरीमा १६, दुहवी र स्थानीय तहनखुलेका ३-३, भोक्राहानरसिंहमा २, गढी र बराहक्षेत्रमा १-१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । 

त्यसैगरि धनकुटाको धनकुटा नगरपालिकामा ८, साँघुरीगढी, पाख्रिबास, शहिदभूमी र महालक्ष्मीमा १-१, उदयपुरको त्रियुगामा ३, चौदण्डीगढी र स्थानीयतहनखुलेका १-१, इलामको इलामनगरपालिकामा २ र सुर्योदयमा १, पाँचथरको फुङलिङ र स्थानीयतहनखुलेका १-१, संखुवासभाको चैनपुर र स्थानीयतहनखुलेका १-१, ताप्लेजुङको मिक्वाखोला, तेर्‍हथुमको म्याङलुङ र भोजपुरको भोजपुर नगरपालिकामा१-१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ माकोरोना संक्रमितको संख्या ७३ हजार ३९७ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ९५२ पुगेको छ । प्रदेश १ मा सोमबार ९६३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये १६५ महिला र १९४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।