विराटनगर-प्रदेश १ मा बिहीबार ५५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २५१ महिला र ३०४ पुरुष रहेका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६३ हजार ७४३ पुगेको छ ।

प्रदेश १ मा बिहीबार ४७८ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १४३, सुनसरीमा १३९, मोरङमा ९७, ताप्लेजुङमा १०, इलाममा ७, उदयपुर र धनकुटामा ६-६, तेर्‍हथुममा ३, संखुवासभामा २, ओखलढुङ्गा, भोजपुर र खोटाङमा १-१  र  प्रदेश १ बाहिरका ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको विर्तामोडमा ५४, कनकाईमा २१, दमकमा १६, भद्रपुरमा १५, मेचीनगरमा ११, अर्जुनधारामा १०, शिवसताक्षीमा ८, झापा गाउँपालिकामा २, कचनकवल, गौरादह र कमल गाउँपालिकामा १-१ र स्थानीय तह तखुलेका ३, सुनसरीको धरानमा ८२, इटहरीमा ३३, रामधुनीमा ७,  बराहक्षेत्रमा ६, गढीमा ३, दुहवी र इनरुवामा २-२ र स्थानीय तह नखुलेका ४, मोरङको सुन्दरहरैचामा ३१, विराटनगरमा २८, केराबारीमा १२, पथरीशनिश्चरेमा ९, बेलबारीमा ५, मिक्लाजुङमा ३, उर्लाबारी र कटहरीमा २-२, बुढीगंगा, ग्रामथान, रंगेली, लेटाङ र स्थानीय तह नखुलेका १-१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । 

त्यसैगरि ताप्लेजुङको मिक्वाखोलामा ५, मैवाखोलामा ३, फक्ताङलुङमा २, इलामको देउमाईमा ३, इलाम नगरपालिकामा २, माई र चुलाचुलीमा १-१, उदयपुरको त्रियुगामा ३, बेलका, चौदण्डीगढी र स्थानीय तह नखुलेका १-१, धनकुटाको धनकुटा नगरपालिकामा ३, पाख्रिवास, शहिदभूमी र स्थानीय तह नखुलको १-१, तेर्‍हथुमको म्याङलुङमा २ र स्थानीय तह नखुलको १, संखुवासभाको खाँदबारीमा २, ओखलढुङ्गामा १, भोजपुरको भोजपुर नगरपालिकामा १ र खोटाङको हलेसी तुवाचुङमा १  र  प्रदेश १ बाहिरका ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७२ हजार १४७ पुगेको छ । सक्रिय संक्रमित ७ हजार १६१ रहेको छ । प्रदेश १ मा बिहीबार १ हजार ३५९ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २०८ महिला र २७० पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।