विराटनगर-प्रदेश १ मा शुक्रबार ९५३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४२३ महिला र ५३० पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५९ हजार ४३० पुगेको छ ।
प्रदेश १ मा शुक्रबार ३५७ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १००, मोरङमा ९८, सुनसरीमा ८९, पाँचथरमा ३०, धनकुटामा १२, संखुवासभामा ७, तेर्हथुममा ४, इलाम र भोजपुरमा २-२, ताप्लेजुङ, खोटाङ र उदयपुरमा १-१ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
झापाको विर्तामोडमा ३७, मेचीनगरमा १५, दमकमा १३, भद्रपुरमा १०, कनकाईमा ७, अर्जुनधारामा ६, कमल गाउँपालिकामा ४, बार्हदशीमा ३, गौरादह र शिवसताक्षीमा २-२ र स्थानीय तह नखुलेका १, मोरङको विराटनगरमा ३६, बेलबारीमा २२, लेटाङमा १०, सुन्दरहरैचामा ९, पथरीशनिश्चरेमा ५, उर्लाबारीमा ४, रतुवामाई, कटहरी, बुढीगंगा र कानेपोखरीमा २-२, सुनबर्षी, केराबारी, मिक्लाजुङ र धनपालथानमा १-१, सुनसरीको इटहरीमा ४८, धरानमा २३, इनरुवामा २, बराहक्षेत्र, बर्जु, भोक्राहानरसिंह, गढी, दुहवी र रामधुनीमा १-१ र स्थानीय तह नखुलेका १० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरि पाँचथरको फिदिममा २७, कुम्बायकमा २ र याङवरकमा १, धनकुटाको धनकुटा नगरपालिकामा ५, पाख्रिवासमा ४, लालीगुराँस, छथर र स्थानीय तह नखुलेका १-१, संखुवासभाको सभापोखरीमा ६ र खाँदबारीमा १, तेर्हथुमको म्याङलुङमा ४, इलामको इलाम नगरपालिका र चुलाचुलीमा १-१, भोजपुरको पौवादुङ्मा र स्थानीय तह नखुलेका १-१, ताप्लेजुङको फुङलिङ, खोटाङको केपिलसगढी र उदयपुरको उदयपुरगढीमा १-१ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६९ हजार ९६४ पुगेको छ । सक्रिय संक्रमितको संख्या ९ हजार ३७४ पुगेको छ । प्रदेश १ मा शुक्रबार १ हजार ४४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १६२ महिला र १९५ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।



