विराटनगर-  शैक्षिक परामर्श संस्था एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज प्रालिले विराटनगर महानगरपालिका वार्ड न.१९ को स्वास्थय केन्द्रलाई २ थान अक्सिजन कन्सन्ट्रेटर मेसीन दिएको छ ।एक्सपर्ट फाउन्डेसनका अध्यक्ष रोशन कडेलले   विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलाई  अक्सिजन कन्सन्ट्रेटर मेसीन सोमबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरेर हस्तान्तरण गरेको हो ।

उक्त संस्थाले अष्ट्रेलियामा प्रधान कार्यालय स्थापना गरी विश्वभरका विद्यार्थीलाई शैक्षिक परामर्श समेत दिँदै आएको छ । विभिन्न सरकारी निकायहरुको सहकार्यमा कोभिड–१९ को असरमा परेका व्यक्तिहरुलाई सहायता वितरण सुरु गरेको संस्थाले नेपालको लागि ५० वटा कन्सन्ट्रेटर मेसीन ल्याएको एक्सपर्ट फाउन्डेसनका अध्यक्ष कडेलले जानकारी दिए । दश लिटरका २ थान अक्सिजन कन्सन्ट्रेटर मेसीनको प्रयोगले अक्सिजनको अभावमा विरामी ले ज्यान गुमाउनु पर्ने अवस्थालाई रोक्ने अध्यक्ष कडेलले बताए ।

उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा विभिन्न अस्पताललाई उक्त सामाग्री वितरण गरीरहेको जानकारी  समेत दिए । कार्यक्रमका बोल्दै विराटनगर महानगरपालिका प्रमुख पराजुलीले सहयोग गरेकोमा एक्सपर्ट एडुकेशन एण्ड भिजा सर्भिसेज प्रालिलाई  धन्यवाद दिए  । फाउण्डेसनले पूर्व मेचीदेखी पक्षिम महाकालीसम्म रहेका आफ्ना १६ वटा साखा कार्यालयबाट कन्सन्ट्रेटर मेसीन सहित कोभिड राहत समाग्री वितरण गरेको छ ।