विराटनगर–प्रदेश १ मा आइतबार २५५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ९५, झापामा ७१, सुनसरीमा ४५, संखुवासभामा १३, इलाममा १०, उदयपुरमा ५, तेर्‍हथुममा ४, खोटाङमा २, पाँचथर र धनकुटामा १-१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको सुन्दहरैचामा २७, केराबारीमा २३, विराटनगरमा २२, उर्लाबारीमा ७, रतुवामाईमा ४, पथरीशनिश्चरे, बेलबारी, बुढीगंगा र लेटाङमा २-२ , रंगेली, मिक्लाजुङ, कटहरी र स्थानीय तह नखुलेका १-१, झापाको विर्तामोडमा १७, दमकमा १४, मेचीनगर र अर्जुनधारामा ८-८, शिवसताक्षीमा ७, गौरीगञ्जमा ४, गौरादहमा ३, हल्दिबारी,  कनकाई र भद्रपुरमा २-२, कचनकवल, बुद्धशान्ति, कमल गाउँपालिका र स्थानीय तह नखुलेका १-१,  सुनसरीको इटहरीमा ३१, धरानमा ६, रामधुनी र दुहवीमा ३-३,  गढी र बराहक्षेत्रमा १-१, 

संखुवासभाको चैनपुरमा १२ र खाँदबारीमा १, इलामको मांसेबुङमा ६, चुलाचुलीमा २, इलाम नगरपालिका र स्थानीय तह नखुलेका १-१, उदयपुरको त्रियुगा र चौदण्डीगढीमा २-२ र स्थानीय तह नखुलेका १, तेर्‍हथुमको म्याङलुङमा ४, खोटाङको रुपाकोट मझुवागढी र दिप्रुङ चुईचुम्मामा १-१, पाँचथरको फिदिम र धनकुटाको धनकुटा नगरपालिकामा १-१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६८ हजार १२८ पुगेको छ । संक्रमित भएका मध्ये हालसम्म ५५ हजार ७९८ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ११ हजार २३२ रहेको छ । 

प्रदेश १ मा आज १ हजार ४२९ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १२६ महिला र १२९ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५४ हजार ५७४ पुगेको छ ।