विराटनगर- तेह्रथुम जिल्लाकोे मेन्छ्यायेम गाउँपालिका (कोरोना भाईरस) कोभिड १९ दोश्रो भेरियन्ट मुक्त गाउँपालिका हुन सफल भएको छ ।कोरोना भाइरसको संक्रमण तिब्र रुपमा बढी रहेको बेला एन्टिजेन्ट परिक्षणमा १० जनामा कोरोना पोजेटिभ देखिएको थियो ।
संक्रमित १० जना नै निको भएपछी गाउँपालिका कोरोना मुक्त भएको गाउँपालिका अध्यक्ष यादब खापुङले बताए ।कोरोना नियन्त्रणका लागी गाउँपालिकाका सीमा क्षेत्रहरुमा सुरक्षाको व्याबस्थामा कडाई गर्दै बाहिरबाट आएका मानिसहरुलाई समेत निगरानीमा राखेर होम आईसोलेनमा सुरक्षित राखिएको खापुङले बताए ।
त्यस्तै, अन्य जिल्लाबाट आउने मानिसहरुलाई समेत बाहिरनै बस्न आग्रह गर्दै स्थानीयलाई बाहिरी क्षेत्रमा नजान आग्रह गरेकाले कोरोना नियन्त्रणमा आएको अध्यक्ष खापुङले बताए । कोरोनाले तेह्रथुम जिल्लामा हालसम्म ८ जनाको मृत्यृ भइसकेको छ ।



