विराटनगर- प्रदेश १ सरकारलाई वर्ल्ड भिजन इन्टरनेशनलले ३४ लाख ८१ हजार स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । वल्र्ड भिजन इन्टरनेशनल नेपालको ९० दिने कोभिड–१९ दोस्रो लहर आपतकालिन प्रतिकार्य परियोजना अन्तर्गत प्रदेश १ को  उदयपुर र प्रदेश सरकारलाई जम्मा  ३४ लाख ८१ हजार १२७ मूल्य बराबरको १२० थान अक्सिजन सिलिण्डर, एउटा अक्सिजन कन्सन्ट्रेटर, ७० थान इन्फ्रारेड थर्मामिटर, ७० थान  पल्स अक्सिमिटर, १०० थान पीपीई सेट १ हस्तान्तरण गरिएको वर्ल्डभिजनका प्रमिल अधिकारीले जानकारी दिए ।

उनका अनुसार उदयपुर जिल्लाको लागि ७०  थान अक्सिजन सिलिण्डर, पीपीईसेट, पल्स अक्सिमिटर र १ थान अक्सिजन कन्सन्ट्रेटर, प्रदेश सरकारको लागि ५०  थान अक्सिजन सिलिण्डर, ३० पीपीसेट उपलब्ध गराइको छ । प्रदेश सरकारलाई उपलब्ध गराइएको स्वास्थ्य सामाग्रीहरु मूख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री उषाकला राई, भूमी ब्यवस्था तथा कृषि सहकारी मन्त्री रामबहादुर मगरलाई हस्तान्तरण गरिएको हो ।

स्वास्थ्य सामाग्री ग्रहण गर्दै  मूख्यमन्त्री राईले संकटको समयमो प्रदेश सरकारलाई गरेको सहयोग गरेकोमा धन्यबाद दिईन। उनले प्रदेश सरकारलाई प्राप्त सामाग्रिहरु प्राथमिकताका आधारमा स्वास्थ्य संस्थाहरुलाई उपलब्ध गराईने बताईन । सामाजिक विकास मन्त्री उषाकला राईले कोरोनालाई परास्तगर्न सबैको एकताबद्ध प्रयास आवश्यक रहेको बताईन । उनले आगामी दिनमा पनि सहकार्य तथा समन्वयका लागि अनुरोध गरीन ।

वर्ल्ड भिजनका फिल्ड अपरेसन म्यानेजर, पूर्व फिल्ड कार्यालय बिनय अमात्यले  वितरित स्वास्थ्य सामाग्रीहरुलेस्वास्थ्य संस्थाहरुको तत्कालिन आवश्यकताहरू परिपूर्ति तथा स्वास्थ्यकर्मीहरूको सुरक्षा गर्न मद्दत पुर्याउने आशा व्यक्तगरे ।