विराटनगर-प्रदेश १ मा गएको २४ घण्टामा २२ जनाको मृत्यू भएको छ । त्यस्तै बिहिबार ७१८ नयाँ संक्रमित थपिदा एक हजार ४२ जनाले कोरोनालाई पराजीत गरेका छन । सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार ९ महिला र १३ पुरुषको पछिल्लो २४ घण्टामा मृत्यू भएको हो । जसमा मोरङ जिल्लामा ८ जना छन । झापामा ५, सुनसरीमा ३, धनकुटामा २ र उदयपुरमा १ र अन्य जिल्ला नखुलेका ३ जनाको मृत्यू भएको हो । प्रदेश १ मा अहिले सम्म २७५ महिला र ६५० पुरुष गरी ९२५ जनाले ज्यान गुमाएका छन ।
हालसम्म कोरोना मुक्त हुनेको संख्या ३८ हजार ४३० छ । कोरोना संक्रमितको संख्या भने ५९ हजार ४६० पुगेको छ । सक्रिय संक्रमितको संख्या अझै २० हजार १०५ रहेको छ । आज बिहिबार प्रदेश १ बाट १,०४२ जनाकोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४४१ महिला र ६०१ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङबाट मात्रै आज ५४५ जना संक्रमणमुक्त भएका छन् ।
प्रदेश १ मा आज ७१८ जनाकोरोना संक्रमितथपिएका छन् । मोरङमा ३०२, झापामा २९३, सुनसरीमा ४५, इलाममा २७, सोलुखुम्वुमा १३, धनकुटामा ७, उदयपुरमा ४, खोटाङमा ३, पाँचथर, ताप्लेजुङ, संखुवासभा र भोजपुरमा १-१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा७१ महिला र ९६ पुरुष सहित१६७, सुन्दरहरैचामा २६, पथरीशनिश्चरेमा २३, केराबारीमा २०, सुनबर्षी, उर्लाबारी र बुढीगंगामा १०-१०, रतुवामाई र लेटाङमा ९-९, कटहरीमा ५, जहदामा ४, रंगेलीमा ३, बेलबारी र ग्रामथानमा २-२, धनपालथान र कानेपोखरीमा१-१, झापाको विर्तामोडमा ७४, भद्रपुरमा ३८, बुद्धशान्ति र अर्जुनधारामा ३३-३३, कनकाईमा २८,मेचीनगरमा २१, दमकमा १५, शिवसताक्षीमा १४, बार्हदशीमा १२, कचनकवल र गौरीगञ्जमा५-५, हल्दिबारीमा ४, कमलगाउँपालिका र झापागाउँ पालिकामा ३-३, गौरादहमा १ र स्थानीयतहनखुलेका ४, सुनसरीको इटहरीमा १६, हरिनगरमा ८, दुहवीमा ६, रामधुनी, देवानगञ्ज र बर्जुमा ३-३, गढी, भोक्राहानरसिंह र कोशीगाउँपालिकामा २-२ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।
त्यसैगरि इलामको माईजोगमाईमा ९, इलाम नगरपालिकामा ७, चुलाचुलीमा ४, सुर्योदयमा १ र स्थानीयतहनखुलेका ६, सोलुखुम्वुको नेचासल्यानमा७, माप्यदुधकोशीमा६, धनकुटाको धनकुटा नगरपालिकामा ४, छथर, पाख्रिवास र चौवीसेमा १-१, उदयपुरको रौतामाईमा १ र स्थानीयतहनखुलेका ३,खोटाङको बराहपोखरी, ऐसेलुखर्क र दिक्तेल रुपाकोट मझुवागढीमा १-१, पाँचथरको, ताप्लेजुङ, संखुवासभा र भोजपुरमा १-१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ माकोरोना संक्रमितको संख्या ५९ हजार ४६० पुगेको छ । सक्रिय संक्रमितको संख्या २० हजार १०५ पुगेको छ । प्रदेश १ माआज १ हजार ८०२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये २९९ महिला र ४१९ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।



