विराटनगर-प्रदेश १ मा गएको २४ घण्टामा १७ जनाले कोरोना संक्रमणको कारण ज्यान गुमाएका छन । सोमबार ६ महिला र ११ पुरुषले ज्यान गुमाएका हुन । जसमा मोरङ जिल्लाका ७ जना संक्रमित, झापाका १, धनकुटाका १ र अन्य जिल्ला नखुलेका ५ जनाले ज्यान गुमाएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।   

प्रदेश १ मा सोमबार ६९७ जना संक्रमित थपिएका छन भने ९९३ जना संक्रमण मुक्त भएका छन । प्रदेश १ मा हालसम्म २६३ महिला र ६ सय ३१ पुरुष गरी ८ सय ९३ जनाले कोरोना संक्रमणको कारण ज्यान गुमाएका छन । संक्रमणको कारण मोरङमा हालसम्म ७७ जना महिला र २०१ जना पुरुष गरी २७८ जनाले ज्यान गुमाएका छन । तथ्यांकका अनुसार कोरोना संक्रमणको कारण सबैभन्दा बढी मृत्यू हुनेमा मोरङ जिल्लाका संक्रमित छन । 

अहिले सम्म सुनसरीमा ८१ महिला र १४९ पुरुष, झापामा ५७ महिला र १४६ जना पुरुषको मृत्यु भएको छ । धनकुटामा ७ महिला र ११ पुरुष, भोजपुरमा १ पुरुष, उदयपुरमा ५ महिला र १३ पुरुष, संखुवासभामा ५ पुरुष, तेह्रथुममा २ महिला र ३ पुरुष, इलाममा ३ महिला र १२ पुरुष, पाँचथरमा ३ पुरुष, ताप्लेजुङमा ३ महिला र २ पुरुष तथा जिल्ला नखुलेका अन्यमा २७ महिला र ८५ पुरुषको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । मन्त्रालयको तथ्यांक अनुसार हालसम्म ओखलढुंगा, खोटाङ र सोलुखुम्बुमा कोरोना संक्रमणका कारण कसैको ज्यान गएको छैन ।

सोमबार मोरङमा २५०, झापामा १८०, सुनसरीमा १६३, तेर्‍हथुममा २५, खोटाङमा २३, धनकुटामा २१, उदयपुरमा ७, इलाममा ६, भोजपुरमा ३, पाँचथर र संखुवासभामा १-१ र प्रदेश १ बाहिरका १७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

मोरङको विराटनगरमा ५१ महिला र ९३ पुरुष सहित १४४, सुन्दरहरैचामा ३०, उर्लाबारीमा १८, केराबारी र रतुवामाईमा १५-१५, बेलबारीमा १४, पथरीशनिश्चरे र बुढीगंगामा ३-३, मिक्लाजुङमा २, कटहरी, लेटाङ, जहदा, ग्रामथान, रंगेली र स्थानीय तहनखुलेका १-१, झापाको भद्रपुरमा ३९, मेचीनगरमा ३४, हल्दिबारीमा २२, दमकमा २०, अर्जुनधारामा १८, विर्तामोडमा १३, शिवसताक्षीमा १०, कमल गाउँपालिकामा ४, कचनकवल, बार्‍हदशी र गौरीगञ्जमा ३-३, बुद्धशान्ति र कनकाईमा २-२ र स्थानीय तहनखुलेका७, सुनसरीको इनरुवामा७९, इटहरीमा ४३, धरानमा २५, दुहवीमा ५, रामधुनीमा ४, गढीमा ३, कोशीगाउँपालिका, देवानगञ्ज, बराहक्षेत्र र भोक्राहानरसिंहमा १-१जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरि तेर्‍हथुमको म्याङलुङमा २५, खोटाङको हलेसी तुवाचुङमा २३, धनकुटाको धनकुटा नगरपालिकमा १३, पाख्रिवासमा ३, शहिदभूमी र स्थानीय तहनखुलेका २-२, महालक्ष्मीमा १, उदयपुरको रौतामाईमा २, त्रियुगामा १ र स्थानीय तहनखुलेका ४, इलामको इलामनगरपालिकामा ५ र चुलाचुलीमा १, भोजपुरको भोजपुर नगरपालिकामा ३, पाँचथरको फिदिम र संखुवासभाको खाँदबारीमा १-१ र प्रदेश १ बाहिरका १७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । 

प्रदेश १ माकोरोना संक्रमितको संख्या ५८ हजार ७९पुगेको छ ।सक्रिय संक्रमितको संख्या २० हजार ६२२ पुगेको छ । प्रदेश १ माआज १ हजार ७०६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये २७७महिला र ४२० पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।