विराटनगर-वरिष्ठ गायक दीप श्रेष्ठलाई कोरोना संक्रमण भएपछि  उपचारका लागि काठमाडौंको धुम्बाराही स्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको छ । उनलाई अस्पताल भर्ना गरिएको सुशिल नेपालले फेसबुक मार्फत सार्बजनिक गरेका छन । नेपाल गायनमा आधारित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ का निर्माता तथा उद्घोषक हुन । 

गायक श्रेष्ठलाई २ साताअघि कोरोना संक्रमण पुष्टि भएको थियो । श्रेष्ठको शरीरमा अक्सिजन लेभल कम देखिएपछि अस्पताल भर्ना गरिएको बताइएको छ । नेपालले फेसबुकमा ‘महागुरू कोच दिपलाई शिध्र स्वास्थ्य लाभको कामना’गरेका छन । उनले स्वास्थमा सामान्य समस्या देखिएपछि अस्पतालमा भर्ना हुनु भएका हाम्रा कोच दीप श्रेष्ठलाई कोभिड पोजिटिभ देखिएपछि उहाँ अहिले यो रोगसंग जुधिरहनु भएको जानकारी दिएका छन । 

उनले सधैं हामीलाई आत्मबल दिने संगीतका जिवन्त धरोहरलाई कोभिडसंग जुध्न सामान्य रुपमा सक्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्दै उनले उपचारमा संलग्न चिकित्सकहरू तथा नर्सहरूलाई धन्यवाद ज्ञापन गरेका छन ।