विराटनगर-प्रदेश १ मा आइतबार ७६३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३९८, सुनसरीमा ११४, झापामा १०६, उदयपुरमा ६४, ताप्लेजुङमा १३, धनकुटामा ६, इलाममा ५, खोटाङ र पाँचथरमा ३-३, रभोजपुरमा १-१ र प्रदेश १ बाहिरका ४९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ९४ महिला र १३३ पुरुष सहित २२७, सुन्दरहरैचामा ७६, पथरीशनिश्चरेमा २५, उर्लाबारीमा २१, बेलबारीमा १०, कटहरीमा ९, जहदामा ५, लेटाङमा ४,  सुनबर्षी, कानेपोखरी र मिक्लाजुङमा ३-३, केराबारी, रंगेली, धनपालथान, बुढीगंगा र ग्रामथानमा २-२ , रतुवामाई र स्थानीयतहनखुलेका १-१ जना संक्रमित थपिएका हुन । 

सुनसरीको इटहरीमा ४४, बर्जुमा ३०, इनरुवामा ११, धरानमा ८, दुहवीमा ७, बराहक्षेत्रमा ३, गढी र हरिनगरमा २-२, देवानगञ्ज, रामधुनी, भोक्राहानरसिंहमा १-१, स्थानीय तह नखुलेका ४, झापाको विर्तामोडमा ३३, कनकाईमा १६, अर्जुनधारामा १४, भद्रपुरमा १२, हल्दिबारी र मेचीनगरमा७-७, बुद्धशान्तिमा ५,शिवसताक्षीमा ४,गौरीगञ्जमा ३, गौरादहमा २, बार्‍हदशी, झापा गाउँपालिका र स्थानीय तह नखुलेका १-१ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । 

त्यसैगरि उदयपुरको कटारीमा ५७, त्रियुगामा ४,चौदण्डीगढीमा २, बेलकामा १, ताप्लेजुङको मिक्वाखोलामा७, श्रीजंगामा ४, मेरिङदेन र स्थानीयतहनखुलेका १-१, धनकुटाको धनकुटा नगरपालिकामा २, छथरमा २, शहिदभूमी र महालक्ष्मीमा १-१, इलामको इलाम नगरपालिकामा ३, रोङ र देउमाईमा १-१, खोटाङको दिप्रुङचुईचुम्मा, खोटेहाङ र स्थानीय तह नखुलेका १-१, पाँचथरको फिदिममा ३, भोजपुरमा १ र प्रदेश १ बाहिरका ४६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ माकोरोना संक्रमितको संख्या ५१ हजार २३१ पुगेको छ । संक्रमित भएकामध्ये ३२ हजार ३६० जना संक्रमणमुक्त भएका छन् । आइतबार ९३ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १८ हजार १११ पुगेको छ । प्रदेश १ मा आइतबार १ हजार ८६४जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ३१५महिला र ४४८ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।