विराटनगर-प्रदेश १ मा बिहिबार ६७३ जनाकोरोना संक्रमितथपिएका छन् । बिहिबार १ हजार ४११ जनाको पीसीआर परीक्षण गरिएको थियो । परीक्षण गरिएकामध्ये २८४ महिला र ३८९ पुरुषको रिपोर्ट पोजेटिभ आएका हो ।
मोरङमा ३०६, सुनसरीमा १६४, झापामा ६१, धनकुटामा ४४, उदयपुरमा २१, भोजपुरमा १८, संखुवासभामा १३, इलाममा १२, पाँचथर र ताप्लेजुङमा ७-७, तेर्हथुममा १ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा ७५ महिला र १०१ पुरुष सहित १७६, बेलबारीमा ३३, सुन्दरहरैचामा २७, रतुवामाईमा १७, केराबारीमा १४, कटहरीमा ९, जहदा र बुढीगंगामा ६-६, सुनबर्षी र ग्रामथानमा ४-४, धनपालथानमा ३, रंगेली र स्थानीयतहनखुलेका २-२, पथरीशनिश्चरे, उर्लाबारी र मिक्लाजुङमा १-१, सुनसरीको धरानमा ६३, इनरुवामा ४१, इटहरीमा ३०, दुहवीमा ८, बराहक्षेत्रमा ६, बर्जुमा ५, रामधुनीमा ३, देवानगञ्जमा २ र स्थानीयतहनखुलेका ६, झापाको कमलगाउँपालिकामा २९, दमकमा १८, गौरीगञ्ज, गौरादह र स्थानीयतहनखुलेका ४-४, शिवसताक्षी र भद्रपुरमा १-१ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।
त्यसैगरि धनकुटाको शहिदभूमीमा १९, धनकुटा नगरपालिकामा १३, साँघुरीगढीमा ९, महालक्ष्मीमा २, पाख्रिवासमा १, उदयपुरको त्रियुगामा १८, उदयपुरगढीमा २ र स्थानीयतहनखुलेका १, भोजपुरको षडानन्दमा १२, पौवादुङ्मा २, अरुणमा १ र स्थानीयतहनखुलेका २, संखुवासभाको सभापोखरीमा ११, खाँदबारी र स्थानीयतहनखुलेका १-१, इलामको माईजोगमाईमा १०, इलामनगरपालिका र चुलाचुलीमा१-१, पाँचथरको मिक्लाजुङमा७, ताप्लेजुङको मेरिङदेनमा ६ र स्थानीयतहनखुलेका १, तेर्हथुमको लालीगुराँसमा१ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ माकोरोना संक्रमितको संख्या ४८ हजार ५४१ पुगेको छ । संक्रमितभएकामध्ये ३१ हजार ७९२ संक्रमणमुक्त भएका छन् । बिहिबार २१९ जना संक्रमण मुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १६ हजार २१ पुगेको छ । प्रदेश १ मो सामाजिकविकास मन्त्रालयले जनाएको छ ।



