विराटनगर-कोराना नियन्त्रणका लागि प्रदेश १ को सामाजिक विकास मन्त्रालयले स्वास्थ्य संस्थाहरुलाई ५/५ लाखका दरले रकम पठाइने भएको छ । बुधबार मन्त्री उषाकला राईले स्थानिय तहका प्रमुख उपप्रमुख, प्रमुख जिल्ला अधिकारी सहितको भर्चअल बैठकमा उक्त कुरा बताएकी हुन ।
कोरोना संक्रमणको समयमा जिल्ला स्तरमा रहेका अस्पतालहरुलाई क्षमता विकास गरेर अघि बढ्नुपर्ने बताउदै उनले स्थानीयतहबाट एन्टिजेन, अक्सिजन, स्वास्थ्य सामाग्री लगायतको माग आईरहेकोले आवस्यकताका आधारमा चाडैं पठाइने आश्वासन दिइन ।
प्रदेश १ का स्थानीय तहका प्रमुख/उपप्रमुखहरु, प्रमुख जिल्ला अधिकारीहरु, स्वास्थ्य कार्यालयका प्रमुखहरु लगायतसँग बुधबार भएको भर्चुअल बैठकमा उनले कोरोना संक्रमण सकिएपछि जिल्ला स्तरमा रहेका अस्पतालहरुले स्थानीय नागरिकलाई सेवा दिन सक्नेगरिको बनाउनु पर्ने सुझाव दिइन । जिल्लाका नागरिकले सामान्य उपचारका लागि पनि काठमाण्डौं, विराटनगर धाउनु पर्ने बाध्यता हट्नु पर्ने उनले उल्लेख गरिन ।
झापा, मोरङ र सुनसरी बाहेकका जिल्लाका नागरिकलाई स्वास्थ्य उपचारमा समस्या रहेको बताउदै मन्त्री राइले ‘जिल्ला स्तरमा अव हामी व्यस्थित अस्पताल बनाऔं ।’ प्रदेश सरकार, स्थानीय सरकार र दातृ निकायसँगको सहकार्यमा काम अघि बढाउन आवस्यक रहेको बताइन । ‘स्वास्थ्यका लागि योजना बनाएर अघि बढ्न कोरोना महामारीको सिकाएकाले अब त्यसरी नै अघि बढ्नु पर्छ, एउटै निकायको पहलले मात्रै यो महामारी नियन्त्रण सम्भव छैन ।’अधिकारीहरु, स्वास्थ्य कार्यालयका प्रमुखहरुले कोरोना संक्रमणको अवस्था र हालसम्म गरिएका प्रयासका बारेमा जानकारी गराएका थिए ।



