विराटनगर-कोरोना महामारीमा अस्पतालमा वेड नपाएरहेको र अक्सिजनको चरम अभाव रहेको अवस्थामा उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले संक्रमितहरुका लागि घरबाटै सेवा लिन सकिने गरि निशुल्क टेलिमेडिसिन सेवा सुरु गरेका छन । जस्ले अस्पतालको चाप घटाउनुका साथै घरमा नै बसेर कोरोना संक्रमितहरुले आफ्नो स्वास्थ्यका बारेमा चिकित्सकसंग प्रत्यक्ष कुराकानी र सिफारिस गरिएको औषधि सेवन गर्न सक्ने छन । 


दुबै संगठनले सामाजिक उत्तरदायित्वका रुपमा क्यूरा हेल्थसंगको सहकार्यमा होम आइशोलेशनमा रहेका कोरोना संक्रमित बिरामीहरुलाई बिशेषज्ञ चिकित्सकद्धारा स्वास्थ्य सम्बन्धी आवश्यक परामर्श उपलब्ध गराउने लक्ष्यका साथ निशुल्क टेलिमेडिसिन सेवा सञ्चालन गरिएको उद्योग संगठनका अध्यक्ष सुयष प्याकुरेलले बताए ।  


आम मानिसमा वर्तमान समयमा छाएको डर, त्रास र संक्रमितको मनोअवस्थालाई दृष्टिगत गरी संचालनमा ल्याईएको यस टेलिमेडिसिन सेवामार्फत सामान्य लक्षण  भएका संक्रमितहरुलाई अस्पताल जानुपर्ने वाध्यता नपरोस भनि घरमै वसेर मोबाइलबाटै विशेषज्ञ चिकित्सकहरुको निशुल्क परामर्श सेवाप्राप्त होस भन्ने उद्येश्यका साथ टेलिमेडिसिन सेवाको थालनी गरिएको मोर» ब्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले जानकारी दिए । यो सेवाले सामान्य लक्षणका संक्रमितबाट अस्पतालहरुमा हुने भिडलाई कमगर्दै अति सम्वेदनशिल विरामीहरुमात्र अस्पतालमा सहजस्वास्थ्य सेवाप्राप्त गर्न समेत सहयोग पुग्ने विश्वास लिईएको छ । 


यो सेवा लिनका लागि एनरोएड मोबाइल फोन प्रयोगकर्ताले क्यूरा हेल्थको (Cura health)एप्लिकेशन डाउनलोड गरि एपमा देखाइए अनुसार कोभिड १९ (Covid-19 Emergency)खण्डमा गई सूचिकृत भएका चिकित्सहरुका साथ एपोन्टमेन्ट लिई उक्त सेवाप्राप्त गर्न सकिने छ । 


https://play.google.com/store/apps/details?id=com.curahealth