विराटनगर-प्रदेश १ मा अहिले सम्मकै उच्च एकै दिन ९ सय ३७ जनामा कोरोना संक्रमण देखिएको छ । दैनिक संक्रमण संख्या अहिले सम्मकै उच्च हो । गत वर्षको कात्तिक ४ गते प्रदेश १ मा दैनिक संक्रमित संख्या ८ सय ७० पुगेको थियो । 

सामाजिकविकास मन्त्रालयकाअनुसार आज मोरङमा ३ सय ९८, झापामा २ सय ६३, सुनसरीमा ८७, उदयपुरमा ५२, ताप्लेजुङमा ३८, तेर्‍हथुममा ३०, इलाममा ११, पाँचथरमा ६, खोटाङमा ४, संखुवासभामा ३,  भोजपुरमा २, धनकुटामा १ र प्रदेश १ बाहिरका ४२ जनामा संक्रमण पुष्टि भएको छ । 


मोरंगको विराटनगरमा १२४ महिला र १७७ पुरुष सहित ३०१, सुन्दरहरैंचामा ३५, कटहरीमा १३, उर्लाबारी र बुढीगंगामा ९-९, पथरीशनिश्चरेमा ८, बेलबारी र ग्रामथानमा ४-४, रंगेली, कानेपोखरी, केराबारी र मिक्लाजुङमा३-३, धनपालथान, सुनबर्षी र स्थानीयतहनखुलेका १-१, झापाको भद्रपुरमा ६३, विर्तामोडमा ४२, दमकमा ३४, मेचीनगरमा २५, अर्जुनधारा र कनकाईमा २०-२०, बुद्धशान्तिमा १७, गौरादहमा १४, कचनकवलमा ८, कमलगाउँपालिकामा ७ ,बार्‍हदशीमा ४, स्थानीयतहनखुलेका ३, स्थानीयहल्दिबारी र झापागाउँपालिकामा २-२, शिवसताक्षी र गौरीगञ्जमा १-१, सुनसरीको धरानमा २८, इटहरीमा २५, इनरुवामा १४, कोशीगाउँपालिकामा ४, दुहवी, भोक्राहानरसिंह र देवानगञ्ज ३-३, बराहक्षेत्र र स्थानीयतह नखुलेका २-२, गढी, हरिनगर र बर्जुमा १-१ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । 


त्यसैगरि उदयपुरको बेलकामा ४२, त्रियुगा र स्थानीयतहनखुलेका ३-३,चौदण्डीगढी र कटारी २-२, ताप्लेजुङको फुङलिङमा ३४, मेरिङदेन, मिक्वाखोला, सिदिङ्वा र स्थानीयतहनखुलेका १-१, तेर्‍हथुमको म्याङलुङमा २८, मेन्छयायेम र स्थानीयतहनखुलेका १-१, इलामको इलामनगरपालिकामा ६, चुलाचुलीमा २, देउमाई, रोङ र सुर्योदयमा १-१, पाँचथरको फालेलुङमा ५ र फिदिममा १, खोटाङको खोटेहाङमा ३ र स्थानीयतहनखुलेका १, संखुवासभाको खाँदबारीमा २, पाँचखपनमा १,  भोजपुरमा २, धनकुटामा १ र प्रदेश १ बाहिरका ४२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 


प्रदेश १ म ाकोरोना संक्रमितको संख्या ३८ हजार ९ सय २० पुगेको छ । संक्रमितभएकामध्ये ३० हजार ३०२  संक्रमणमुक्त भएका छन् । आज ७० जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ८ हजार ५०पुगेको छ । प्रदेश १ माआज १ हजार ९ सय ८२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ३ सय ८७ महिला र ५ सय ५० पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।