विराटनगर- प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई बलात्कारको आरोप लगाउँदै आएकी बालिका खड्का पक्राउ परेकी छन । आज नेपाल कम्युनिष्ट पार्टी एमालेको नयाँ पार्टी कार्यालय थापाथलीबाट खड्कालाई प्रहरीले पक्राउ गरेको हो।

पार्टी कार्यालयको उदघाटन कार्यक्रममा सहभागी हुन थापाथली पुगेका राईलाई देखेपछि बालिकाले बलात्कारी भन्दै गालीगलौच गरेकाले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। ‘

थापाथलीमा मुख्यमन्त्री राईलाई बलात्कारी भन्दै गालीगलौच गरेपछि उनलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता रमेशकुमार बस्नेतले बताए।