विराटनगर-केपी शर्मा ओली नेतृत्व सरकारको विकल्प दिन पार्टी सभापति शेरवहादुर देउवा डराएकाले संसदीय दलको नेता अर्को छानेर भएपनि सरकारको विकल्प दिन नेपाली कांग्रेस तयार हुनुपर्ने बरिष्ट नेता रामचन्द्र पौडेलले बताएका छन । उनले शुक्रबार उक्त कुरा बताएका हुन । 


नेपाली कांग्रेस मोरङले शुक्रवार आयोजना गरेको पूर्वसभापति अशोक कोइरालाको श्रद्धाञ्जली कार्यक्रममा नेता पौडेलले मञ्चमा रहेका महामन्त्री सशांक कोइरालाको नाम नै किटान गरेर ओली सरकारको विकल्प दिन पार्टी सभापति देउवा डराउनु भएको हो भने संसदीय दलको नेताको विकल्प खोजेर सरकारको विकल्प दिने अग्रसर हुन आग्रह गरे ।


केही दिन पहिला सभापति देउवाले विराटनगर विमान स्थलमा सञ्चारकर्मीसंग कांग्रेसले ओली सरकार विरुद्ध अविश्वासको प्रस्तावपनि न ल्याउने र सरकारको विकल्प पनि नदिने भन्दै प्रतिपक्षमै वस्ने अभिब्याक्ति दिएका थिए ।


ओली सरकारको विकल्प दिन सभापति जी पक्कै डराउनु भएको छ । म आफु पनि संसदमा छैन । पौडेलले भने त्यसैले महामन्त्री जी संसदमा रहेका साथीहरुले संसदीय दलको नेताको विकल्प खोजेर ओली सरकारको विकल्प दिन गृहकार्य सुरु गर्नुस ।


तर पौडेल अघी श्रद्धाञ्जली सभामा वोलेका महामन्त्री कोइरालाले ओली सरकारका वारेमा एक शब्दपनि उच्चारण गरेका थिएनन् । उनी अघी वोलेका केन्द्रीय सदस्य शेखर कोइरालाले अहिलेको परिस्थितीको निकास दिन कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गर्नुको विकल्प नरहेको वताएका थिए ।


लोकतन्त्रवादी सवै दललाई साथमा लिएर कांग्रेसले ओली सरकारको विकल्प दिनुपर्ने पौडेलको भनाई थियो । विकल्प कांग्रेसले नै दिनुपर्छ । पौडेलले भने अरु दलहरुले कांग्रेसका नाममा विकल्प तयार गरिदिने अनि कांग्रेस चाही धोतीमात्र फेरेर सत्ताको नेतृत्व गर्ने रणनीतिमा वस्न नैतीक रुपले मिल्दैन । कांग्रेसले नै विकल्प तयार गरेर सत्ताको नेतृत्व लिनुपर्ने उनको भनाई थियो ।


विपक्षी दलको नेता भनेको ओइटिङ प्रधानमन्त्री पनि हो । त्यसैले कांग्रेसले संसदवाटै विकल्प दिनुपर्छ । पौडेलले भने अरुले विकल्प ठिक्क पारेपछि सत्ताकोलागि कांग्रेसले धोती मात्र फेर्न मिल्दैन ।


नेपाली कांग्रेस सत्ताको भन्दापनि व्यवस्थाको रक्षाकालागि लडदै आएको पार्टी हो । पौडेलले भने त्यसैले लोकतन्त्र विरोधी ओली सरकारको विकल्प कांग्रेसले संसदवाटै दिएर अहिलेको व्यवस्थाको रक्षा गर्नुको विकल्प छैन ।


यसअघी विराटनगर विमान स्थलमा पौडेलले लोकतन्त्रवादी दलहरुले बृहत लोकतान्त्रीक एकता गरेर ओली सरकारको विकल्प संसदवाटै दिनुपर्ने वताएका थिए ।  उनले त्यसकालागि नेपाली कांग्रस जुनसुकै लोकतान्त्री दलको नेतृत्वमा भएपनि सहकार्य गर्न तयार हुनुपर्ने वताएका थिए । ओली सरकारको विकल्पमा कांग्रेस आपैmपनि सरकारको नेतृत्व लिन तयार हुनुपर्छ । नभए अरु लोकतान्त्रीक दलको नेतृत्वमा भएपनि सरकारमा जान तयार हुनुपर्ने पौडेलले भनेका थिए । पौडेलको भनाई थियो, कांग्रेसलाई सत्ता नभई ओली सरकारको विकल्प चाहिएको हो ।