विराटनगर, ४ फागुन । राष्ट्रिय महिला लिग फुटबलमा रौतहटको चन्द्रपुर नगरपालिकाले जित निकालेको छ । आज  भएको खेलमा चन्द्रपुरले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

चन्द्रपुरको जितमा रजनी थोकर र दिल कुमारी रानाले एक एक गोल गरिन् । चौदण्डीकी मनिता तामाङले एक गोल फर्काईन् । पहिलो हाफको इन्जुरी समयमा रजनीले गोल गर्दै चन्द्रपुरलाई अग्रता दिलाएकी थिइन् ।

खेलको ६६ औं मिनेटमा दिल कुमारीले गोल गर्दै टोलीको अग्रता २–० को बनाईन । त्यसपछि खेलको ६८ औं मिनेटमा चौदण्डीकी मनिताले एक गोल फर्काएपनि चन्द्रपुर २–१ ले विजयी भयो । जितसँगै चन्द्रपुरले ११ खेलमा ९ अंक जोडेको छ ।

लिगमा तेस्रो जित निकालेको चन्द्रपुर छैटौं स्थानमा रहेको छ । चौदण्डीको यो लगातार ११ औं हार हो । चौदण्डी अंक विहीन रहदै पुछारमा रहेको छ ।