विराटनगर । विराटनगर महानगरपालिकाको वडा नम्बर ४ विकास, पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य र सांस्कृतिक विविधताको दृष्टिले महानगरकै अग्रणी वडामध्ये एक हो ।

विमानस्थल, मेडिकल कलेज, दुग्ध विकास संस्थान, नेपाल आयल निगम लगायतका राष्ट्रिय महत्वका संस्थाहरू रहेको यो वडा महानगरका १९ वडामध्ये दोस्रो ठूलो वडा हो ।

18 1

एयरपोर्ट रोडको रात्रिकालिन ब्यवसाय हेर्दा विकासिन देशको झल्को आउँछ । यहाँका होटल राती १२ बजेसम्म संचालनको अनुमति पाएकाले विराटनगर र बाहिरबाट आउने मानिसको यस सडकमा भिडभाड हुन्छ ।

करिब ९.८३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस वडामा ३७ भन्दा बढी जातजातिको बसोबास छ भने यादव र थारु समुदायको उल्लेख्य उपस्थिति रहेको छ । वडाध्यक्ष जितन थापाका अनुसार वडाभित्र ४ हजार ३ सय ६७ वटा साना–ठूला सडक छन्, जुन संख्या नजिकैको कुनै गाउंपालिकाभन्दा कम छैन । 

kanchanbari chook 1 jpg


१७ किलोमिटर कालोपत्रे र ६८ किलोमिटर ग्राभेल सडक रहेको वडामा पछिल्ला तीन वर्षमा १७ वटा सडक कालोपत्रे, १८७ वटा सडक रिटेनिङ वालसहित ग्राभेल, ४ वटा पुल र २७ वटा कल्भर्ट निर्माण गरिएको छ ।

2bridha 1

“सबैको आवश्यकता एउटै समयमा पूरा गर्न सम्भव हुंदैन, तर प्राथमिकता निर्धारण गरेर काम गरिरहेका छौं,” थापा भन्छन् । विकाससंगै सामाजिक सेवामा पनि वडा सक्रिय देखिन्छ ।

14 1

गरिब परिवारका लागि स्वास्थ्य बिमा, सुत्केरी महिलालाई पोषण भत्ता, बेरोजगार युवालाई सीपमूलक तालिम तथा कृषिमा वैकल्पिक सिंचाइ व्यवस्थामा लगानी गरिएको छ । शहरबासी जसको उत्पादन गर्ने जनिम छैन । वडाले कौशीखेतीको प्रशिक्षण दिएर घरमै तरकारी फलाउने शिप सिकाउने गरेको छ ।

2 copy

सिलाइ–कटाइ, ब्युटिसियन, कौसी खेती, होटल व्यवस्थापन जस्ता तालिमबाट धेरै युवाले रोजगारी तथा वैदेशिक रोजगारको अवसर पाएका छन् । कला, संस्कार र संस्कृति संरक्षणमा गतिबिधि गर्ने समुदायलाई वडाले लगानी गर्दै आएको छ । 

30

परम्परागत संस्कार संस्कृतिले पाश्चात्य संस्कारमा लाग्नबाट युवालाई जोगाउन सकिने अध्यक्ष थापाको बुझाई छ । खेलकुद र स्वास्थ्यको पृष्ठभुमीबाट आएका ब्यक्ति वडाध्यक्ष भएकाले वडाले खेल र स्वास्थ्यलाई बढी प्राथमिकतामा राख्दै आएको छ ।

img-9436 copy 1

थापाको व्यक्तिगत प्रतिबद्धता पनि वडाबासीका बीच चर्चाको विषय बनेको छ । “निर्वाचनअघि नै सरकारी सुविधा नलिने घोषणा गरेको थिएँ,” उनी भन्छन्, “महानगरले दिएको मोटरसाइकल सुविधा लिइनँ र मासिक पारिश्रमिक वडाका चारवटा मन्दिरलाई सहयोग गर्दै आएको छु ।” 

वडाका वडा सदस्य रञ्जीत गिरीका अनुसार विकास निर्माणका काममा सबैभन्दा ठूलो चुनौती राजनीतिक पूर्वाग्रह र व्यक्तिगत स्वार्थ बन्ने गरेको छ । 

airport-gate 1

“विकासको काम गर्दा कतिपयले दलगत हिसाबले अवरोध गर्छन्,” उनी भन्छन्, “तर जनताको हितका लागि आवश्यक परे मेयर र उपमेयरसम्म पुगेर पनि समस्या समाधान गर्दै आएका छौं ।”

19 1

उनले वडामा आउने धेरै सामाजिक तथा प्रशासनिक समस्यामा अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने अवस्था आउने गरेको उनको अनुभव छ । वडा सदस्य उषादेवीका अनुसार जनप्रतिनिधि भनेको चौबीसै घण्टा जनताको पहुँचमा रहने व्यक्ति हो । 

24 1

“सडक बिग्रियो भने पनि घरमै आउँछन्, बिजुली गयो भने पनि आउँछन्, झैझगडा भयो भने पनि हामीलाई नै खोज्छन्,” उनी भन्छिन् । वडाको ठूलो क्षेत्रफल र सीमित स्रोतका कारण सबै ठाउँमा एकैपटक विकास पुर्याउन नसकिए पनि समस्या समाधानका लागि निरन्तर सक्रिय रहेको उनको भनाइ छ ।

10 2

जिल्ला समन्वय समिति सदस्यसमेत रहेका वडा सदस्य तुलसी घिमिरे औपचारिक रूपमा वडा सदस्यको भूमिका नरहे पनि आफू अझै वडाबासीकै सेवामा सक्रिय रहेको बताउँछन् । जिससको बैठकमा जानेबाहेक अधिकांश समय वडाकै काममा गर्ने उनी वडालाई वडाबासीले अबिभावक मान्छन् । 

11 2

दोस्रो कार्यकालको अनुभवले स्थानीय समस्या पहिचान र समाधानमा सहजता थपेको उनको विश्वास छ । विशेष गरी अपाङ्गता भएका व्यक्तिहरूको सहयोग तथा सडक पूर्वाधार विस्तारमा उनी आफ्नो चासो केन्द्रित गर्छन् । 

21 2

महानगर कार्यपालिका सदस्यसमेत रहेकी वडा सदस्य सरिता घिमिरेका अनुसार वडा र महानगरबीचको समन्वय विकासका लागि महत्वपूर्ण आधार बनेको छ । 

23 2

“वडाको समस्या सिधै कार्यपालिकामा पुर्याउन सक्ने भएकाले समाधान खोज्न सहज भएको छ,” उनी भन्छिन् । घरायसी विवाददेखि महिला हिंसासम्मका विषयमा जनप्रतिनिधिले समुदायमै पुगेर समाधान खोज्नुपर्ने अवस्था आउने गरेको उनको अनुभव छ ।

17 2

“सामान्य विवाद अदालत वा माथिल्लो निकायसम्म पुग्नुअघि स्थानीय स्तरमै समाधान गर्न सकियो भने समाज थप बलियो बन्छ,” उनको धारणा छ । वडाको प्रशासनिक संयन्त्रको नेतृत्व गरिरहेका वडा सचिव घमानबहादुर बानिया वडाको सफलताको कारण जनप्रतिनिधि र कर्मचारीबीचको समन्वयलाई आधार मान्छन् । उनका अनुसार सेवा प्रवाह, विकास व्यवस्थापन र नागरिक सन्तुष्टिका लागि कर्मचारीहरू निरन्तर खटिरहेका छन् ।

img-9282 copy 1

“घटना दर्तादेखि विकास योजनाको अनुगमनसम्म कर्मचारीको महत्वपूर्ण भूमिका हुन्छ,” उनी भन्छन् । नागरिकमैत्री सेवा प्रवाह नै स्थानीय सरकारको वास्तविक सफलता भएको उनको बुझाइ छ । सडक, शिक्षा, स्वास्थ्य, कृषि, रोजगार, संस्कृति र सामाजिक सद्भावको सन्तुलित विकास गर्दै आएको विराटनगर–४ आज महानगरभित्रको एउटा उदाहरणीय वडा बन्ने दिशामा अघि बढिरहेको छ । 

22 1

जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीबीचको सहकार्यले यो वडालाई विकास र सेवाको नमुना बनाउने आधार तयार गरिरहेको देखिन्छ । यहाँ विकासका संरचना मात्र होइन, जनताको अपेक्षा सुन्ने र समाधान खोज्ने संस्कृतिको पनि विस्तार हुँदै गएको छ । गत भदौको युवा बिद्रोहमा यो वडालेपनि क्षति बेहोर्नु पर्यो ।

9 1

8 2

35 1

kanchanbari 2kanchanbari 1kanchanbari 3kanchanbari 4kanchanbari 5kanchanbari 6kanchanbari 7kanchanbari 8kanchanbari 9kanchanbai 10 png

15 125 137 116 213 220img-9383 copy 13 4

7 227 233 128 132 136 1img-9403 copy 14 4dsc-1395 copy 1dsc-1388 copy 1img-9375 copy 1dsc-1426 copy 1dsc-1434 copy 1114 126 1

img-9328 copy 1img-9301 copy 1--4 3--3 3img-9317 copy 1img-9301 2

29 112 231

34 1IMG_9757IMG_9799IMG_9373

wada 4 makaiwada 4 ekrahi ukhu75797683wada 4 ukhu chaudhari96

9298103

80101899710591


8884

94938190859587102

104789910610710077