विराटनगर-सामान्य परिवारबाट हुर्किएका मोरङ क्षेत्र नम्बर ५ का स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल(जोगीसर)ले अहिलेसम्म विभिन्न संघसंस्थाको सहयोगमा ५० हजार गरिब परिवारलाई घर बनाइदिएका छन । मण्डलले बार्षिक रुपमा मात्रै सामाजिक कामका लागि तीन करोड रुपैयाँ खर्च गर्ने गरेका छन । 


मोरङको क्षेत्र नम्बर ५ यस्तो क्षेत्र हो जहाँ एमाले र काँग्रेसका आधिकारिक उम्मेदवार छैनन । गठबन्धनका कारण दुवै पार्टीको झण्डा र चुनाव चिन्ह अहिले त्यो क्षेत्रमा विरलै भेटिन्छ । लोकतान्त्रिक गठबन्धनबाट माओवादीका उम्मेदवार शिवकुमार मण्डल चुनावी मैदानमा छन भने एमालेसंगको गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका उम्मेदवार राजकुमार यादव चुनावी मैदानमा छन । लघु बित्तबाट समाजिक काममा सक्रिय रहने जोगी सर दुबै गठबन्धनका उम्मेदवारका लागि फलामको च्यूरा बनेका छन । 


चापाकल चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका मण्डल बर्षौदेखी त्यहि क्षेत्रमा सक्रिय छन । जुन क्षेत्रमा राजनीतिक दलका नेताहरु चुनाव जितेपछि टुरिस्ट जस्तो कहिलेकाही मात्रै झुल्कने गर्छन ।  स्वतन्त्र उमेदवार योगेन्द्र मण्डल (जोगीसर) ले गाउ“का गरिवलाई बचत गर्ने बानी लगाएर जीवन विकास समाजको स्थापना गरेका थिए । 


नेपालकै ठुलो लघुबित्त बित्तीय संस्था चलाउंदै आएको समाजको स्थापनाकालमा समूह बनाएर कारोबार गर्न थालिएको थियो । आसपासका पा“च गाविसमा ५५ वटा समूह बने । मासिक ५ देखि २० रुपैंयासम्म जम्मा गर्ने मानिस तयार भए । बचत तथा ऋणको गतिबिधि बढ्न थालेपछि २०५९ सालमा लघुबित्त कार्यक्रममा परिणत भएको थियो । 


लघुबित्त कार्यक्रम झापा, मोरङ, सुनसरी हुंदै ७ जिल्लामा फैलियो । अहिले देशैभरी यसका शाखा छन् । हजारौंले जीवन विकास समाज मार्फत रोजगारी पाएका छन् । ‘जोगीसरको अगुवाईमा २०६९ मा जीवन विकास लघुवित्त वित्तीय संस्था लि. नामक कम्पनी बनाइयो’ लघुबित्तका प्रमुख कार्यकारी अधिकृत संजय मण्डलले भने ।


२०७५ फागुनमा नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्रप्राप्त राष्ट्रिय स्तरको लघुवित्त संस्थाको रुपमा वित्तीय सेवा प्रदान गर्ने कार्य प्रारम्भ भएको थियो । उनका अनुसार त्यस बेला २० करोड रुपैंया जारी पु“जी र १४ करोड चुक्ता पु“जीले शुरु गरिएको वित्तीय संस्थाको एक अर्बको पु“जी बिस्तार भई सकेको छ ।


२०७७ मा सल्भ लघुबित्त र गरिवी न्युनिकरण लघुबित्त मिसिएर जीवन विकास लघुवित्त वित्तीय संस्था लि भयो । हाल लघुवित्तका तीन प्रदेशका २४ जिल्लामा १ सय ५९ शाखा संचालनमा छन् । यहा“ ३ लाख भन्दा बढी घरधुरी आवद्ध रहेको लघुवित्तले २४ अर्ब भन्दा बढी ऋण लगानी गरेको छ । लघुबित्तमा ९ सय कर्मचारीले रोजगारी पाएका छन् । 


बित्तीय सेवा, ऋण, रेमिटेन्स, बिमा, डिजीटल सेवा, एसएमएस बंैकीङ, बील तिर्ने सेवा, मानव एटीएम जस्ता सुबिधा लघुबित्तले दिंदै आएको छ मानव एटीएम मार्फत गाउ“मा रकमको अति जरुरी परेका बचतकर्तालाई नगदनै उपलब्ध गराउने सेवा दिन थालिएको छ । ‘कतिपयस“ग अस्पतालसम्म जाने खर्च नहुन सक्छ, एम्बुलेन्सलाई दिने रकम नहुन सक्छ, हामी मानव एटीएम मार्फत रकम उपलब्ध गराउ“छौं’ उहांले भन्नुभयो -‘हामी लगानी र रकम अशुल मात्रै हौइन, शिक्षा, स्वास्थ्य र चेतनाका लागि अभियान बनाएर काम गर्दै आएका छौं ।’ 


शुन्य गरिबी, शुन्य बेरोजगारी र शुन्य कार्वन उत्सर्जनको अवधारणालाई सार्थक पार्न बिभिन्न अभियानहरु संचालन गरिएको छ । मोरङ कटहरीमा ९ करोडको लागतमा समाजको पाचतले भवन छ । बिभिन्न ठाउ“मा एक करोड भन्दा माथी लगानी गरेर शाखा भवनहरु बनाइएको छ । शुरूका दिनमा  कार्यालय समेत नहुदा सडक छेउमा उभिएरै बचत संकलन र ऋण लगानीको काम गरिन्थ्यो । 

समाजका अध्यक्ष रमेश रायका अनुसार संस्थाले वार्षिक ३ करोड रुपैंया समाजका लागि खर्च गर्दै आएको छ । बिभिन्न संस्थाहरूको साझेदारीमा हालसम्म ५० हजार घर बनाएर गरीबलाई दिइएको छ । समाजले तीन लाख जति विपन्न परिवारलाई लघुवित्तका साथै शिक्षा, स्वास्थ्य, कृषि, आवास, ऊर्जालगायतका सामाजिक सेवा प्रदान गरिरहेको छ ।


लघुवित्त कार्यक्रमले आधुनिक मन्टेश्वरीको बिधिबाट बालशिक्षा दिनुका साथै बाल बिवाह, बाल श्रम, घरेलु हिंसा, सामाजिक कुप्रथा बिरुद्ध १० देखि १९ वर्षसम्मका किशोरीहरुलाई नव विहानी मार्फत गतिबिधिमा परिचालन गंर्दै आएको छ । सुकुम्बासीहरुलाई सुरक्षित आवास कार्यक्रम ल्याएर नमुना घर निर्माण गर्नुका साथै सदस्यलाई आवास निर्माणमा ऋण प्रदान गर्ने गरेको छ ।


सुकुम्बासी सदस्यलाई जग्गाधनी बनाएर आङ्खनै जमिनमा घर बनाई दिने गरिएको मण्डल बताउंछन् ।  बाढी, पहिरो, आगलागी, भुकम्प जस्ता दैवी प्रकोप तथा विपदमा सहयोग गर्ने गरिएको छ । कोभिड १९ ले असर पारेका बेला उपचार, खाद्यान्न, पौष्टिक आहारका लागि ५५ लाख, ५६ हजार रुपैंया खर्च गरिएको थियो । 


स्वरोजगार बन्न चाहने सदस्यलाई शिपमुलक तालिम दिएर ब्यवसायका लागि १० वर्षे भाखामा १५ लाख रुपैंयासम्म कर्जा दिने गरिएको छ । नगद बोक्ने झन्झट कम गर्ने हरेक टोलमा डिजिटल सदस्य खडा गरेर जीवन विकास एप मार्फत सेवा दिने गरिएको छ ।