विराटनगर-विभिन्न कारणले झण्डै तीन महिना लामो प्रक्रियाबाट सम्पन्न मुलुककै जेठो ब्यापारिक तथा औद्योगिक संगठन मोरङ व्यापार संघको अध्यक्षमा नविन रिजाल सर्बसम्मत चयन भएका छन् । पुस २० गते भएको निर्वाचनमा कार्यसमितिका लागि १६ सदस्य निर्विरोध निर्वाचित भएका थिए । तीन १६ सदस्यहरुबाट रिजाल सर्वसम्मत अध्यक्ष चयन भएका हुन । उनलाई बिहिबार नै निर्बतमान अध्यक्ष प्रकाश मुन्दडाले पदभारग्रहण गराएका थिए ।

१६ सदस्यीय समितिको बैठकले वरिष्ठ उपाध्यक्षमा अनुपम राठी, वाणिज्यतर्फको उपाध्यक्षमा अनिलकुमार सारडा, उद्योगतर्फको उपाध्यक्षमा विकासकुमार बेगवानी र महासचिवमा अनिल शाह निर्वाचित भएका छन् । संघको सचिवमा सन्जय श्रेष्ठ र कोषाध्यक्षमा राजेश बगडिया रहेका छन् ।

संघको सदस्यहरुमा अमित सारडा, विनित सिंघानियां, मनिष मारु, श्याम राठी, सुशील सुराना, आशिष जाजू, दीपेश सुवेदी, देवाशिष गोल्छा, पवन राठी, चन्द्र भट्टराई, रहेका छन् । यस्तै अध्यक्ष रिजालले अमित राठी र विवेक अग्रवालाई सदस्यमा मनोनित गरेका छन् । वस्तुगततर्फको संघको सदस्यहरुमा अरविन्द अग्रवाल र गोपाल अग्रवाल रहेका छन् । संघमा बन्दना जैन र ओमप्रकाश शर्मा आमन्त्रित सदस्य बनाएका छन् ।

रिजाल यसअघि संघका वरिष्ठ उपाध्यक्ष थिए । उनी ‘रिजालको’ ब्रान्डका पानीटङ्की, पाइप, एलपी ग्याँस आदिका उत्पादक हुन् । २००७ सालमा स्थापना गरिएको र नेपालकै पहिलो उद्योग वाणिज्य संघका रूपमा दाबी गरिएको व्यापार संघमा रिजाल ३३ औँ कार्यसमितिका अध्यक्ष हुन् ।


रिजालले दोहोर्‍याए प्रतिबद्धता

नवनिर्वाचित मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले १७ बुँद्धे प्रतिवद्धता पनि घोषणा गरेका छन् । जुन विगतदेखी नै सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगी र तीनका संगठनहरुले उठाउदै आएका छन । तर रिजालले कार्यान्वयन गराईछाड्ने प्रतिवद्धता ब्यक्त गरेका छन । बिहीबार आयोजित पदस्थापन कार्यक्रममा नवनिर्वाचित अध्यक्ष रिजालले सरकारको पूँजीगत खर्च गराउन संघले दबाबमूलक कार्यक्रम गर्ने र मौद्रिक नीतिको स्वस्फूर्त कार्यान्वयनका लागि जोडदार पहल गरिने बताए ।


उनले तीव्र औद्योगीकरण लागि जोड दिँदै समयम हुने तरला अभाव, अस्थिर ब्याजदर विद्युत तीव्र औद्योगीकरणका लागि जोड दिने बताए । संघद्वारा संचालित ‘मेरो मेद, मेरै उत्पादन’ अभियान अन्तर्गत व्यापार घाटा न्यूनीकरण तथा रोजगारी अभिवृद्धि योजना अगाडि बढाउने अध्यक्ष रिजालले बताए ।

विराटनगर नाका जोड्ने भारतको मीरगञ्ज पुलका समस्याहरू यथाशीघ्र निराकरण गर्न पहल गर्ने उनको भनाइ छ । उनले आफ्नो कार्यकालभरी औद्योगिक क्षेत्रको स्थापनाका लागि समन्वयात्मक भूमिका निर्वाह गरिने बताए । 

क्षेत्रीय विमानस्थल निर्माण लागि पहल गरिनुको साथै प्रदेश १ मा धार्मिक, मेडिकल एवम् खेलकुद पर्यटन तथा कृषि क्षेत्रको प्रवद्र्धनका लागि प्रदेश सरकारसँग पहल गर्ने उनले बताए । स्थानीय बजार प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम संघले संचालन गर्ने तयारी गरिएको उनले सुनाए । स्टार्टअपको प्रवद्र्धनका लागि कार्यहरू अघि बढाउनुको साथै सीमा क्षेत्रसहित अन्तर्राष्ट्रिय उद्योग वाणिज्य संघहरूसँग समन्वय गर्ने अध्यक्ष रिजालको योजना रहेको छ ।