मोरङको मिक्लाजुङ गाउँपालिका ६ बाट नियन्त्रित लागुऔषध ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन । पक्राउ पर्नेमा मिक्लाजुङ-६ का २६ वर्षीय विक्रम लावती रहेका छन् ।

विशेष सूचनाको आधारमा इलाका सोमबार प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले उनको घर कोठा खानतलासी गरेको थियो । खानतलासीका क्रममा १५ ग्राम ५० मिलिग्राम लागुऔषध ब्राउनसुगर फेला परेपछि उनी पक्राउ परेका हुन् ।

 पक्राउ परेका लावतीका साथबाट नापतौल गर्ने यन्त्र १ थान, को.३२प ७६०२ नम्बरको मोटरसाईकल एक थान, मोबाइल १ थान, नगद ५ हजार २५ रुपैयाँ बरामद भएको थियो । उनीमाथि इलाका प्रहरी कार्यालय उर्लावारीबाट थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।