संखुवासभा- संखुवासभामा ट्याक्टरको ठक्करबाट बालकको मृत्यु भएको छ । संखुवासभाको सभापोखरी गाउँपालिका-१ स्थित भित्रि सडकखण्डमा ट्याक्टरको ठक्करबाट सभापोखरी गाउँपालिका-२ का फत्तेमान राईको छोरा ११ वर्षीय निशान राईको मृत्यु भएको छ ।
हिजो बेलुकी साढे ५ बजे प्रदेश १-०२-००३ त १२२९ नम्वरको ट्याक्टरले बाटो क्रस गर्दै गरेका राईलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटना गराउने ट्याक्टर र चालकलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।