विराटनगर-उद्योग व्यवसाय क्षेत्रको उत्पादकत्व अभिवृद्धिका साथै सुमधुर औद्योगिक श्रम सम्वन्ध विकासलाई दृष्टिगत गरी मानव संशाधन तथा औद्योगिक सम्वन्ध विकासका बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 


उद्योग संगठन मोरङको आयोजनामा भएको कार्यक्रममा संगठनका अध्यक्ष सुयश प्याकुरेलले उद्योगको उत्पादकत्व, सेवा र वितरण प्रणाली वीचको अन्तरसम्वन्धलाई सृदुढ वनाउने महत्वपूणर् पक्षका रुपमा रहेका मानव संशाधन र असल औद्योगिक सम्वन्ध विकासमा सहयोग पुर्‍याउन कार्यक्रम आयोजना गरिएको वताए । उनले प्रचलित ऐन कानुनको परिधिमा रही सौहाद्रपूणर् अभ्यासको माध्यमबाट विवाद न्यूनिकरणका उपायहरु अवलम्वन गरी औद्योगिक शान्ति कायम राख्नसके सबैपक्षको हित भई उद्योगको उत्पादकत्व अभिवृद्धिमा समेत सहयोग पुग्ने विचार कार्यक्रममा व्यक्त गरे । 


कार्यक्रममा वक्ता एवं असल औद्योगिक श्रम सम्वन्ध विकासका विज्ञ अवधेश कुमार झाले कार्यस्थलमा व्यवस्थापन र श्रमिक वीचको सम्वन्धलाई विश्लेषण गर्दै असल औद्योगिक सम्वन्ध विकासका लागि व्यवस्थापकले ध्यान दिनुपर्ने विषयहरुका वारेमा स्पष्ट पारे । कार्यपत्र प्रस्तुतीका क्रममा विज्ञ अवधेश कुमार झा ले स्वास्थ्य तथा सामाजिक सुरक्षा, अनुशासन र आचरण, कानुनी प्रावधानहरुका सम्वन्धमा कम्पनीले आफना कामदारहरुलाई स्पष्ट रुपमा पूर्व जानकारी दिनुपर्ने औल्याउदै असल श्रम अभ्यासले विवादरहीत कार्यस्थल निर्माण गरी उद्योगी र कामदार दुवै पक्षवीचको सुमधुर सम्वन्ध विकासमा सहयोग पुर्‍याउने वताए । 


कार्यक्रमम उद्योग संगठन मोरङका उपाध्यक्ष राजकुमार गोल्छा, नन्दकिशोर राठी, कार्यसमिति सदस्य तारानाथ निरौला, सौरभ सारडाका साथै सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योग प्रतिष्ठानका उद्योगी, उच्च व्यवस्थापकहरुको सहभागिता रहेको थियो ।